मिक्लाजुङको बजेट ३५ करोड ३१ लाख

Letang Khabar आइतबार, आषाढ ३१, २०७५

मिक्लाजुङ  ३१ असार । मोरङ मिक्लाजुङ गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ का लागि बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार दोस्रो गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सरला राइले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यस आर्थिका लागि मिक्लाजुङ गाउँपालिको कुल बजेट ३५ कारोड ३१ लाख २३ हाजार चारसय ५० रुपैया को बजेट गाउँपालिका उपाध्यष सरला राई प्रस्तुत गर्नु भएको थियो । कुल बजेटमा संघीय वितिय समानिकरण अनुदान बापत रु १० करोड १७ लाख, सर्सत अनुदान बापत रु १२ करोड ४८ लाख, राजस्व बाँडफाँड बापत रु ६ करोड ९६ लाख २१ हजार प्राप्त हुने अनुमान गरीएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकारण अनुदान र राजजस्व बाँडफाँड बापत रु ७० लाख ७२ हजार र सर्शत अनुदान एक करोड, साथै आन्तरीक श्रोतबाट रु ९९ लाख ३० हजार, चारसय ५० र प्राकृतिक स्रोतको उपयोग बापत तिन करोड रहेको छ । कुल बजेटमा गाउँपालिकाको कार्यालयका लागि १५ करोड ५८ लाख २३ हजार चर सय ५०, वाडा समितिको कार्यालयहरुको लागि रु तिन करोठ ८० लाख, बिषयगत शाखाहरुको लागि १५ करोड ९३ लाख रकम बिनियोजन गरीएको छ ।
यस बर्षको नीति तथा कार्यक्रमहरुमा गाउँपालिकाले भौतिक पूर्वाधार नीति, वातावरण, खानेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विधुत तथा बैकल्पिक उर्जा, आर्थिक प्रशासन तथा राजस्व परिचालन, शिक्षा, युवा खेलकुद तथा स्वरोजगार, स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, कृषि तथा पशु पन्छि विकास, भुमी तथा जलस्रोत, सहकारी गरिबि न्यूनीकरण तथा उद्यमशिलता, पर्यटन तथा संस्कृती, सुशासन तथा संस्थागत क्षमता विकास , साझेदार निकायहरुसंग सहकार्य, उद्योग, खानी तथा खनिज र लक्षित समूह विकास लगायतका नीति तथा कार्यक्रमहरु रहेका छन । साथै मिक्लाजुङ गाउँपालिकाले ३ वटा विधेक हरु समेत सभा पेश गरेको छ । जसमा सहकारी, आर्थिक र कृषी व्यवसाय पर्वधन विधेक प्रस्तुत गरीएको छ । यस्तै मिक्लाजुङ गाउँपालिकाले मिक्लाजुङ गाउँपालिकाको राज पत्र पनि जारी गरेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम माथी मिक्लाजुङका राजनितिक दलका प्रतिनिधीहरु राप्रपाका भुपेन्द्रराज काकी , संघिय लिम्बुवान रामचन्द्र थापा मगर, नेपाली कांग्रेस मिक्लाजुङ सेमन्तराज दाहाल, नेकपा मिक्लाजुङ नरेन्द्र प्रसाद ढुङ्गेल तथा कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद लिम्बु (कुसल )ले नीति मकार्यक्रम माथी बिचार राख्नु भएको थियो । कार्यक्रको सभातित्व मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी प्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ