बहुमतको दम्भ महेन्द्र मोरङ क्याम्पसमा देखियो, विद्यार्थी नेता यादवले सुरक्षा गार्डलाई निर्घात कुटे

Letang Khabar आइतबार, आषाढ ३१, २०७५

 

धिरज दाहाल,
विराटनगर ३१ असार । प्रधानमन्त्री केपी ओली नेतृत्वको दुई तिहाई बहुमतको दम्व अब राज्य संचालनमा मात्र सिमित नरहेर विद्यार्थी संङ्गठनहरूमा पनि देखिदै गएको छ । केन्द्र सरकारको दम्भ मोफसलमा सल्किन थालेपछि ओली नेतृत्वको सरकारले संचालन गरेको गृह प्रशासनको खिल्ली त उडेकै छ , जनताको जिउ धनको सुरक्षा माथी पनि प्रश्न चिन्ह खडा हुन थालेको छ । देशकै पुरानो र ऐतिहासिक महेन्द्र मोरङ्ग क्याम्पसमा नेकपाका विद्यार्र्थी नेता अभिमन्यू यादवले बहुमतको दम्व देखाएर महेन्द्र मोरङ क्याम्पसका सुरक्षा गार्डलाई निर्घात कुटपिट गरेका छन । गोर्खाली सेक्युरिटी फोर्स मार्फत क्याम्पस सुरक्षाको लागी खटिएका चेत कुमार राईलाई विद्याथी नेता अभिमन्यु यादवले प्रतिशोध साधेर निर्धात कुटपिट गरे ।
क्याम्पस प्रशासनले रातीको समयमा कसैलाई प्रबेश गर्न नदिनु भन्ने आदेश पालना गर्ने क्रममा यादवले प्रमुखकै सामुन्ने कुटपिट गरेपछि त्यहाँ कार्यरत कर्मचारीको मनोवल समेत खस्किएको छ । प्रमुख बाबुराम तिम्सिनाले रातको १० बजे पछि क्याम्पस हाताभित्र कसैलाई पनि प्रबेश नदिनु भनि दिएको निर्देशन पालना गर्दा बिबाद उत्पन्न भएको थियो । भोली पल्ट क्याम्पस पुगेका यादवले सुरक्षागार्ड चेत कुमारलाई प्रमुखकै कार्यकक्षमा हेलमेटले निर्घात कुटपिट गरे ।
क्याम्पस प्रमुखलाई नियमित रिपोर्टिङ गर्न अफिस गएको थिए पिडित राईले भक्कानीदै भने , “ आदवले त किन आईस भन्दै एक्कासी हेलमेटले भकाभक कुटपिट गर्न थाले ।” ु कर्तब्यपालना गर्ने क्रममा किन कुटिए भन्ने समेत आफुले बुझ्न नसकेको राईको गुनासो छ । असार २८ गते बिहानै ११ बजे क्याम्पस प्रमुखको कार्यकक्षमा भएको घटनालाई मिलाउने भन्दै गुपचुप राखिएकोमा राईलाई दुखाइ बढेपछि शनिबार कोशि अञ्चल अस्पताल उपचारको लागी भर्ना गरेपछि घटना सार्वजनिक भएको हो । क्याम्पस प्रमुख तिम्सिनाले यादवलाई आवश्यक कार्वाहीको प्रकृया अघि बढाईसकिएको बताए । माफी मगाउने, क्याम्पसबाट निस्कासन गर्ने वा प्रशासनको मातहतमा घटना बुझाउने निर्णय गर्न बाकी छ,, प्रमुख तिम्सिनाले भने, छिट्टै यो बिषयमा निर्णय लिने छौं । गल्ःती गर्ने जो कोहिलाई कार्वाही गर्न क्याम्पस प्रशासन पछि नहट्ने उनको दावी छ ।
तत्कालीन क्रान्तिकारीका क्याम्पस इकाई अध्यक्ष रहेका यादवको क्याम्पसमा यस अघिपनि गुण्डागर्दिका घटनाहरु सार्वजनिक भएका थिए । कतिपय घटनालाई नजरअन्दाज गरिदिदा यादवको मनोवल बढेर गएको कर्मचारीहरुको भनाइ छ । तत्कालीन नेकपा माओवादी र एमाले बिच भएको पार्टी एकिकरण पश्चात जोडिन नसकेका भातृ सङ्गठनहरुको समयमै ब्यवस्थापन नहुदा यस्ता घटनाहरूको सम्बोधन गर्न कठिनाई उत्पन्न भएको अखिलका एक केन्द्रीय नेताले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ