अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न

Letang Khabar शुक्रबार, आषाढ २९, २०७५

प्रशान्त निरौला
लेटाङ २९ असार । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ को अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आज जनसेवा सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा लेटाङ नगरपालिका भरीका स्थानियवासीको उपस्थितीमा सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा लेटाङ नगरपालिकाले यो आर्थिक वर्षमा गरेका नीति तथा कार्यक्रमका वारेमा प्रष्ट पारिएको थियो । सहभागिहरुको प्रश्नको जवाफ दिदै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले लेटाङ नगरपालिका नेपालकै विकट क्षेत्रहरु जस्तै ठाँउहरुले समेत छोएको र त्यहाँ विकास र समृद्धी ल्याउन धेरै मिहेनत र लगानी आवश्यक रहेको वताए । उनले लेटाङ नगरपालिकाले विपन्न वर्गका लागि टिन , व्यवस्थीत वजारका लागि पुर्वाधार निर्माण, खेलकुद , स्वास्थ्य , शिक्षा , खानेपानि , सडक , विजुली ,कृषि , पर्यटन, क्षमता विकास लगायतका थुप्रै क्षेत्रमा काम गरिरहेको तथा अगामी दिनमा थप कार्य गर्न जरुरी रहेको समेत वताएका छन् ।


नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरी चपागाँईले नगरपालिकाका कार्यक्रमहरुका वारेमा प्रष्ट्याएका थिए । प्रसासनिक क्षेत्रमा सुधार तथा विस्तारका वारेमा अधिकृत चपागाँईले प्रष्टयाएका थिए ।

कार्यक्रममा लेटा ङ नगरपालिकाका सवै वडाका अध्यक्ष , विभिन्न संघ संस्थाका प्रतिनिधी , व्यापारी , वुद्धिजिवि, पत्रकारहरु तथा स्थानियवासिको सहभागिता थियो ।

रेडियो शुशेलीको सहजिकरणमा सम्पन्न कार्यक्रममा जनताले नगरपालिकाको राम्रा तथा सुधारिनु पर्ने पक्षका वारेमा वोलेका थिए ।
लेटाङ नगरपालिकाले प्रत्येक ३ महिनामा आफ्ना गतिविधिको विषयमा सार्वजनिक सुनुवाई गर्ने गरेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ