कांग्रेसले संसदीय दलको बैठक बोलायो

Letang Khabar बुधबार, आषाढ २०, २०७५

काठमाडौं २० असार । संसदमा प्रतिपक्षीको भुमिका कमजोर भएको भन्दै पार्टी भित्र र बाहिर व्यापक आलोचना भएपछि नेपाली काँग्रेसले संसदीय दलको वैठक बोलाएको छ।

रचनात्मक प्रतिपक्षीको रुपमा पार्टीको भुमिका प्रभावकारी नभएको भन्दै पार्टीमा असन्तुष्टी बढ्दै गएपछि काँग्रेसका सांसदहरुको बैठक बोलाइएको हो।

सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने तथा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गर्न दलको वैठक बोलाइएको हो। बुधवार विहान ११ बजेपछि बस्नेगरी काँग्रेस संसदीय दलको वैठक बोलाइएको हो ।

स्वयं पार्टी सभापति शेर बहादुर देउवा उपस्थित भएको वैठकमा सरकारको नीति तथा कार्यक्रममा नेपाली काँग्रेसले मौन स्विकृती जनाएको विषयमा काँग्रेसको आलोचना हुँदै आएको छ। काँग्रेसले नेपाल मजदुर किसान पार्टी जत्तिको पनि संसदीय अभ्यासलाई पालना नगरेको भन्दै आलोचना भएको छ।

पार्टी भित्र र वाहिरबाट अनेक टिकाटिप्पणी हुन थालेपछि काँग्रेसले शिर्ष नेताहरुको वैठक मंगलवार बोलाएको थियो। सो वैठकमा संसदीय दलको वैठक बोलाएर संसदमा पार्टीको प्रभावकारी उपस्थिति जनाउने बारेमा चर्चा भएको थियो। संसद प्रतिपक्षीको भन्ने कुरालाई स्थापित गराउने बारेमा नेताहरुले आफ्नो धारणा राखेका थिए।

संसदमा सार्वजनिक चासो र सरोकारका बिषयहरुलाई प्रभावकारी ढंगले राख्ने बिषयमा सांसदहरुलाई पनि नेतृत्वले निर्देशन दिने कार्यक्रम रहेको छ। चिकित्सा शिक्षा विधेयक, अनशनरत डा गोविन्द केसी र गंगामाया अधिकारीले उठाएका विषय, जथाभावी निषेधित क्षेत्र तोकेको बिषय, बाढीपहिरो नियन्त्रण र राहत तथा उद्धारको तयारी, सभामुख र उपसभामुखको व्यवस्था संविधान अनुसार बनाउन पर्नेलगायतका विषयमा जनताको पक्षमा कसरी शसस्त आवाज उठाउने बारेमा काँग्रेसका सांसदहरुको बीचमा छलफल हुने बताइएको छ।

संसदमा र बाहिर पनि प्रतिपक्षीको रुपमा काँग्रेसले सरकारका स्वेच्छाचारी कामहरुको प्रतिरोध गर्न नसकेको भन्दै पार्टी भित्र र बाहिरबाट चर्को आलोचना हुदै आएको छ । संसदमा काँग्रेसका केहि सांसद बाहेक अरु सांसद तलव भत्ता खान मात्र जान्छनकी भन्नेमा काँग्रेसका शुभेच्छुकहरुले प्रश्न उठाउन थालेका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ