ओली सरकारको ‘जंगलराज’ भयो, अदालतको अनादर गर्यो –त्रिपाठी

Letang Khabar मंगलबार, जेठ १५, २०७५

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ओली सरकारले जंगलराज गरेको आरोप लगाएका छन् । हत्यामा दोषी ठहर भई डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका बालकृष्ण ढुंगेललाई सरकारले माफी दिन नमिल्ने मुद्धा सर्वोच्च अदालतमा चलिरहँदा सरकारले रिहा गर्नु जंगलराजको नमूना भएको उनको ठहर छ ।

उनले भने, ‘अदालतले रिहा गर्न सिफारिस गरिएको कागज झिकाएको छ, यो अवस्थामा उनलाई रिहा गरियो भन्ने सुनियो, आज बहस छ, यस विषयमै झन् गम्भीर छलफल हुनेछ ।’

सरकारले विचाराधीन मुद्धामा त्यो गर्नु हुन्थेन भन्दै त्रिपाठीले सरकारले न्यायपालीकालाई बाइपास गर्न खोजेको देखियो भनेका छन् । उनले सरकारले अदालतलाई अनादर गरेको बताए । त्रिपाठीले कानुनी राज्यमा यो अतिवादीताले ठूलो क्षति पुर्याउने पनि बताए ।

सरकारले नै ढुंगेललाई रिहा गर्ने तयारी गरिरहेका अवस्थामा गत हप्ता त्रिपाठीले नै अदालतमा निवेदन हालेका थिए । त्रिपाठीले ढुंगेललाई रिहा नगराउन र निर्णय वदर गराउन गरी दुई वटा मुद्धा हालेका थिए ।

त्रिपाठीले समान्यतया कार्यालय समयमा कैदी रिहा हुने भन्दै यहाँ त बिहानै रिहा गरिएको छ भन्दै थप आपत्ति जनाएका छन् । उनले अदालतमा यसबारे गम्भीर बहस हुने पनि जनाए ।

अदालतले ढुंगेलको विपक्षमा फैसला भए फेरि पक्राउ गरेर जेल जाने पनि त्रिपाठीले बताएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ