बन कर्मचारीकै सेटिङमा कटान आदेश भन्दा १८ सय २० किवी बढी काठ काटियो

Letang Khabar शुक्रबार, बैशाख २८, २०७५

पथरीशनिश्चरे, २८ बैशाख ।मोरङको पथरीशनिश्चरे १० स्थित पशुपति सामूदायिक वन उपभोक्ता समूहले जिल्ला वन कार्यालयले दिएको कटान आदेश भन्दा १ हजार ८सय किवी बढी काठ कटान भएको खुलेको छ ।
उपभोक्ताले केही दिन अघि सामूदायिक वनमा अनियमितता भएको भन्दै जिल्ला बन कार्यालयमा उजुरी दिएपछि बिहीबार जिल्ला बनको टोलीले घाटगद्दी गरेको काठ पुन जापजोख गरेको थियो । जिल्ला बन कार्यालयका सहायक वन अधिकृत सरोजकुमारी कोइरालाको नेतृत्वमा आएको टोलीले कार्यालय परिसरमा घाटगद्दी राखेको काठ नाप्दा १ हजार ८ सय २० किवी बढी फेला परेको उपभोक्ता एवं पथरीशनिश्चरे १० का वडाध्यक्ष सागर राईले बताउनु भयो । राईले भन्नुभयो –जिल्ला वनले २०७४ फागुन २१ गते २ हजार ६ सय ७१ दशमलब किवी लकडी र ४ दशमलब ५ चट्टा दाउरा काट्ने आदेश दिएको थियो ।तर, समितिले आफ्नै मनोमानि ढङ्गले १ हजार ८ सय किवी बढी काठ काटेको देखिएको छ ।
यस अघि समितिले दुई वटा पत्र देखाएर ५ हजार २ सय किबी लकडी कटान गरेको दाबी गर्दै आएको थियो । समितिले देखाएको उक्त पत्र पनि नक्कली भएको रहस्य खुलेको छ । उपभोक्ताले बारम्बार सचेत गराउँदा समेत समितिले बलजफ्ती गरेपछि उपभोक्ताहरू जिल्ला बनको ढोका ढक्ढक्याउन पुगेका हुन् । समितिले कटानको आदेश अनुसारको परिमाण पु¥याउँन सेक्टर बन कार्यालय मंगलबारेका प्रमुख सहायक वन अधिकृत तारिणीप्रसाद चौधरीलाई प्रयोग गरेको थियो । चौधरीले समिति कै सेटिङमा पुन नापजोख गर्दा पनि १ हजार २ सय किवी बढी काठ घाटगद्दीमा देखिएको थियो । चौधरीसँग सेटिङ मिलाएर कम परिमाणमा काठ देखाउनेमा वडासदस्य मैनादेवी आचार्य लाग्नु भएको थियो । आचार्यले मोटो रकम चौधरीकोमा पु¥याएको उपभोक्ता दावी गर्छन् ।
उता जिल्ला वन कार्यालय मोरङका सहायक वन अधिकृत सरोजकुमारी कोइरालाले वनको स्वीकृति नलिइ रुख काटिएको स्वीकार्नु भयो । नापजोख गर्दा स्वीकृति भन्दा बढी कटान भएको देखिएको बताउँदै उहाँले भन्नुभयो –हामी अनुसन्धानका क्रममा छौं । उहाँले कार्ययोजनामा उल्लेख भए अनुसार बिस्तारै कटान गर्न सक्नु हुन्थ्यो तर हतार गरेको देखिन्छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ