मोरङ १ मा उमेदवार सिफारिस, जेनजेड विद्यार्थी नेता कोसिस सुवेदीको चर्चामा

प्रशान्त निराैला बिहिबार, पुष १०, २०८२

लेटाङ १० पुस। प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा मोरङद्वारा प्रत्यक्षतर्फ सिफारिस गरिएको उम्मेदवार सूचीमा मोरङ–१ बाट सर्वाधिक ९ जनाको नाम समावेश गरिँदा लेटाङका विद्यार्थी नेता तथा जेन–जेड पुस्ताका सक्रिय युवा नेता कोसिस सुवेदी चर्चाको केन्द्रमा परेका छन्। संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सुवेदीलाई स्थानीय युवाले नयाँ पुस्ताको प्रतिनिधिका रूपमा लिएका छन्।
नेकपाले मोरङका छवटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ गरी कुल ३० जनाको नाम सिफारिस गरेको छ। तीमध्ये मोरङ–१ बाट सबैभन्दा बढी ९ जनाको नाम पठाइएको छ भने क्षेत्र नम्बर २ बाट ८ जना, क्षेत्र नम्बर ३ बाट ६ जना, क्षेत्र नम्बर ६ बाट ५ जना सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर ४ र ५ बाट भने एक–एक जनाको मात्र नाम सिफारिस भएको छ।
प्रत्यक्षतर्फको सिफारिसमा पूर्वमन्त्री अमनलाल मोदीलाई क्षेत्र नम्बर ४ मा एकल उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ, भने क्षेत्र नम्बर ६ मा अन्य चार जनासँगै नाम समावेश गरिएको पार्टी स्रोतले जनाएको छ। सोही बैठकले समानुपातिकतर्फ ३७ जना तथा राष्ट्रियसभा निर्वाचनका लागि ३ जनाको नाम पनि सिफारिस गरेको छ।
मोरङ–१ को सिफारिस सूचिमा परेका कोसिस सुवेदी विद्यार्थी आन्दोलनबाट उदाएका युवा नेतृत्वका रूपमा चिनिन्छन्। संगठन विस्तार, स्थानीय मुद्दा उठान तथा डिजिटल अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका सुवेदीप्रति लेटाङ र आसपासका बस्तीका युवाको भरोसा उच्च रहेको स्थानीय नेताहरूको भनाइ छ। उनीहरूको अनुसार सुवेदीको सिफारिसलाई नयाँ पुस्तातर्फ नेतृत्व हस्तान्तरणको संकेतका रूपमा पनि बुझिएको छ।
क्षेत्रमा लोकप्रिय पुर्ब मन्त्री उपेन्द्र घिमिरेको समेत चर्चा शिखरमा छ । सिफारिस सूची केन्द्रमा पठाइसकेपछि अन्तिम निर्णय केन्द्रीय तहमा हुने जनाइएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ