फेकोफोन मोरङमा नयाँ नेतृत्व

Letang Khabar आइतबार, चैत्र २४, २०७५

लेटाङ २४ चैत । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिति मोरङले नयाँ नेतृत्व पाएको छ ।

 

शनिवार मोरङको लेटाङ नगरपालिकामा सम्पन्न भएको फेकेफोन मोरङको अधिबेशन बाट रामकृष्ण राईको अध्यक्षतामा २० सदस्य नयाँ कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा लेटाङकी शुभद्रा भट्टराई , सचिव वालकुमारी कट्टेल , कोषाध्यक्ष विद्या चापागाँई चयन हुनुभएको छ ।

प्रमुख अतिथि  संविधानसभा सदस्य एवं पुर्व महासंघ मोरङ अध्यक्ष डिगबहादुर लिम्बूले सामुदायीक वन सबैले मिलेर जोगाउने तर समितिका केहि पधाधिकारीको चलाखी पुर्ण तरिकाले वनलाई डुवाउने पद्दति समेत वनमा वढ्न थालेकाले सबैले बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ । उहाँले सामुदायीक वनका अभियन्ता वन मास्ने हैन, वन जोगाउने अभियानतर्फ लाग्नु पर्ने सुझाव समेत दिनुभएको छ ।

यसैगरी मोेरङ १ ख का प्रदेश सदस्य उपेन्द्र घिमिरले हिजो संघर्षबाट प्राप्त गरेको सामुदायीक वनको चौतर्फी आमक्रमण भइरहेको भन्दै यसलाई रोक्न तथा वन रक्षा गर्न आफु एक्लै भए पनि लाग्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

त्यस्तै महासंघ कोषाध्यक्ष पार्वती गौतमले वैज्ञानिक वन नाम मात्रको वैज्ञानिक भएको, काम भने अति अवैज्ञानिक रहेको वताउनुभएको छ। उहाँले यो अवधारणाले दलित तथा पिछडा वर्ग ,महिलाआदिको अधिकार हनन् गरेको बताउनुभएको छ ।

 

अध्यक्ष अग्नि पौडेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थाले आगामी कार्ययोजना समेत पारित गरेर कार्यक्रम सम्पन्न भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ