मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला चाँदीको क्राउन सार्वजनीक

Letang Khabar शुक्रबार, पुष १३, २०७५

 

प्रेम देवान

विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेको हो ।

आकर्षक तरिकाले डिजाइन गरिएको क्राउनमा बिजेताको २० तोला, फस्ट रनरअपको १० तोला र सेकेन्ड रनरअपको ५ तोलागरी जम्मा ३५ तोलाको सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको क्राउन मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाशन मुन्दडा, चर्चित कोरीयोग्राफरले सार्वजानिक गरे ।

सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमा अहिले १९ जना प्रतिस्पर्धामा छन् । फाइनलमा लेटाङकी मन्दिरा दुमी राई सहित श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सञ्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आँचल मल्लिक, अक्क्षता रौनियार, निकिता अधिकारी, शशिकला साह, आस्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का, सिर्जा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।

अहिले उनीहरू बन्द प्रशिक्षण छन् । एक साता बढी हुने बन्द प्रशिक्षणमा कोरियोग्राफर सृजना रेग्मीले प्रशिक्षण दिँदै आएकी छिन् । प्रतियोगीले प्रशिक्षणमा क्याटवाकदेखी सामाजिक कार्य र उनीहरूको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण पाउने छन् ।

बिजेता, फस्ट रनरअप र सकेण्ड रनरअपले क्रमशः २ लाख ५० हजार, १ लाख तथा ५० हजार रुपैयाँ नगद प्राप्तसंगै ईण्डोनेसियाको बाली टुर र एयर होस्टेजको निशुल्क तालिम गर्न पाउने ए–वान इन्टरटेन्टमेन्टका अध्यक्ष किरण लामाले जानकारी दिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ