महाभारतको साधारणसभा सम्पन्न

Letang Khabar बिहिबार, कार्तिक १५, २०७५

लेटाङ–१५, कार्तिक। मोरङको लेटाङ नगरपालिका वडा नम्बर ६ स्थित महाभारत सामुदायीक वन उपभोक्ता समितिले १८ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ ।
पूर्वसभासद् डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा वन उपभोक्ता समितिले गरेका कामहरु र भावीयोजनाका विषयमा छलफल गरिएको छ । समुदायमा हस्तान्तरण भएको मोरङको पहिलो सामुदायीक वनको रुपमा रहेको यस वनउपभोक्ता समितिको साधारणसभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको छ । सो अवसरमा पूर्वसभासद तथा नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई सामुदायीक वनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । लिम्बू सामुदायीक वन जिल्लामहासंघ मोरङको दुई कार्यकाल अध्यक्ष तथा केन्द्रीय सदस्य समेत भइसक्नु भएको छ । यसैगरि कार्यक्रममा सामुदायीक वन स्थापना हुनु भन्दा अघि वनको संरक्षणमा लागेका गणेशबहादुर चेम्जोङ, देवनारायण ढकाल,दोकानध्वज लिम्बू, शुक्रबहादुर मगर लगायतलाई पनि सम्मान गरिएको छ । वनउपभोक्ता समितिले वन संरक्षण गर्नुका साथै गरिवी न्यूनीकरण, सामाजिक विकास, पूर्वाधार लगायतका क्षेत्रमा काम गर्दै आएको समितिका अध्यक्ष यज्ञबहादुर खजुमले जानकारी दिनुभयो । कार्यक्रममा सामुदायीक वन जिल्ला महासंघ मोरङका सदस्य दिलाराम राई, लेटाङ नगर अध्यक्ष आनन्द तिम्सिना, इलाका वन कार्यालय लेटाङका अधिकृत सत्यनारायण झा,इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राई लगायतको समेत उपस्थिति रहेको थियो । उपभोक्ता समितिको कुल आम्दानी १२ लाख ८० हजार ८ सय १९ रुपैयाँ रहेको सो अवसरमा जानकारी दिइयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ