वडा अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश

Letang Khabar बिहिबार, कार्तिक १५, २०७५

टेकबहादुर मल्ल

जाजरकोट ,२०७५। ७ ।१५ गते ।  तत्कालिन एकीकृत (माओवादीकेन्द्र) वाट टिकट लिएर चुनाव जितेका कुशे गाउँपालिका–६ का वडा अध्यक्ष बुधवार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभामा वडा अध्यक्ष अमर शाही नेपाली कांग्रस पार्टी प्रवेश गरेका हुन् ।

बुधवार नेपाली काँग्रसद्धारा कुशे गाउँपालिका–६ को घरंगामा आयोजना गरिएको आमसभालाई सम्वोधन नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री, नेपाली कांग्रेसका युवा नेता उदयशम्शेर राणाले गरेका थिए । सभालाई सम्बोधन गर्ने क्रममा नेता उदयशम्शेर राणाले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टी प्रवेश गर्ने वडा अध्यक्ष अमर बहादुर शाही सहितको पार्टी प्रवेश गर्ने सम्पूर्ण टीमलाई स्वागत सहित बधाई दिएका थिए । नेकपा पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टी प्रवेश गर्नेमा वडा अध्यक्ष, वडा सदस्यहरु सहित १ सय ५७ जनाले पार्टी प्रवेश गरेको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ ।

जनताको मुक्ति र देश परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई त्यहाई बहुमतको सरकारमा भएर पनि जनताले अनुभुति गर्नेखालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले कम्युनिष्ट पार्टी परित्याग गरेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको वडा अध्यक्ष शाहीले वताए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ