रेडबुल शक्तिबर्धक नभई मन्द विष, यी हुन् रेडबुलबाट हुने गम्भीर र प्राणघातक समस्या

Letang Khabar बिहिबार, कार्तिक ०८, २०७५

 

काठमाडौं । युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्।

युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्।

तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा निकै कम मात्र चर्चा हुने गरेको छ।

इनर्जी ड्रिंक्सका रूपमा रेडबुल बढी प्रयोग गर्नेहरूमा युवापुस्ता र खेलाडीहरू पर्दछन्।

केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्दयाघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेका छन्।

सन् १९६० को दशकमा संयुक्त राज्य अमेरिकाको रक्षा विभागले रेडबुलजस्तै एउटा पेय पदार्थ उत्पादन गरेर भियतनाममा रहेका आफ्ना सेनाका लागि प्रयोगमा ल्याएको थियो।

यसको मुख्य उद्देश्य युद्धमा थकित सेनाहरूलाई तत्कालका लागि शक्ति प्राप्त गराउनु थियो। त्यो बेला यसलाई ‘≈यालुसिनोजेनिक ड्रग’का रूपमा प्रयोगमा ल्याइएको भए पनि पछि उक्त पेय पदार्थको प्रयोग थुप्रै सैनिकको मृत्युको कारण भएको पुष्टि भएपछि यसको उत्पादन बन्द भएको थियो।

रेडबुलमा जस्तै रसायन मिसाइएको उक्त पेय पिएर युद्ध लडेका सिपाहीहरूमा माइग्रेन, ब्रेन ट्युमर तथा कलेजोमा दीर्घकालीन असर परेको देखिएपछि अमेरिकामा यसको प्रयोग रोकिएको थियो।

रेडबुलमा स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएको हुन्छ। यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ।

उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि रेडबुलको बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। केही मुलुकहरूमा अहिले पनि औषधि पसलमा मात्र रेडबुल किन्न पाइन्छ। फ्रान्समा पनि सन् २०१४ सम्ममा रेडबुल किनबेचमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको थियो।

तर त्यहाँको सरकारले ४ वर्षअघिमात्र उक्त निर्णयमाथि फुकुवा गर्दै औषधि पसलबाट मात्र खरिद बिक्री गर्न मिल्ने प्रावधान राखेको छ।

त्यसै गरी कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले रेडबुल किन्न पाउँदैनन्। स्वीडेनमा रेडबुल खाएर तीन जनाको तीन जनाको मृत्यु भएको विषयमा अहिले पनि अनुसन्धान चलिरहेको छ।

मृत्यु भएका ती व्यक्तिमध्ये २ जनाले रक्सीसँग रेडबुल मिसाएर खाएका कारण त्यसले रक्तसञ्चार बन्द भएको ठानिएको छ।

त्यस्तै अर्का एक व्यक्तिले एकैचोटि ३ वटा रेडबुल पिएका कारण मृत्यु भएको ठानिएको छ। रक्सी र रेडबुलको सम्मिश्रण हुँदा हानिकारक रसायन बन्छ जसले कलेजोमा प्रत्यक्ष असर पु¥याउँछ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ