गाउँमै दुध बिक्री हुन थालेपछि गाईपालनतिर आकर्षित हुनथाले पाटीगाउँका कृषकहरु

Letang Khabar बिहिबार, आश्विन १८, २०७५

२२ भाद्र २०७५, शुक्रबार

युवराज ठकुरी

केराबारी,मोरङ ।  जति गाई भैसी पाले पनि दूध बिक्री नहुने केराबारी गाउँपालिका(१,पाटी गाउँका कृषक गाउँमै दूध बिक्न थालेपछि व्यवसायिक रुपमा गाईपालन गर्न आकर्षित हुन थालेका छन।
स्थानीय कृषक लिला मगरले दूध डेरी सन्चालनमा ल्याए सँगै गाउँका ३०जना कृषकले व्यवसायिक रुपमा गाई पाल्न थालेको सरस्वती माविका शिक्षक शुक्र आङ्देम्बे लिम्बूले बताए।
एक वर्ष पहिले देखि दुई माउ गाईबाट गाई पालन थालेका श्याम चबेगु दूध बिक्रीबाट संतोषजनकरूपमा घरायसी गर्जो टरेको बताउँछन् ।
घर छेउमा दूध बिक्न थाले पछि यहाँका ३० घर कृषकले ब्यबसायिक गाई पालन गर्न थालेका छन।
बिहान ८ बजेदेखि १० बजेसम्म लिला डेरीमा दूध पुर्याउनेहरुको लर्को लागेको लाग्न थालेको छ भने २ लिटर देखि २५ लिटर सम्म दूध एक कृषकले ल्याउने गरेको लिला डेरीका संचालक लिला मगरले बताए।
वडा कार्यालयबाट कृषकहरुलाई प्रोत्साहन गर्न दुध चिस्यान केन्द्र तथा गोठ सुधारको लागि बजेट बिनियोजन भएको वडा कार्यलयका प्रतिनिधिले बताए।उन्नत जातको जर्सी तथा होलस्टेन गाई पालनबाट कृषकहरुको दैनिकी फेरिएको छ।गत असारमा साना किसान कृषि सहकारीको सत्तरी हजार लगानी र लिला दूध डेरीको व्यवस्थापनमा २५ जना कृषकहरुलाई लालीपप बनाउने तालिम दिए सँगै कृषकहरुमा थप आकर्षण बढेको स्थानीयहरु बताउछन् ।
सानाकिसान कृषि सहकारीले सुलभ व्याजदरमा रिन दिन थालेपछि कृषकहरुले गाईपालन व्यवसायमा लगानी गर्न थालेका हुन् ।
हाल लिला दूध डेरीमा २ सय ५० देखि ३ सय लिटर दुध सङ्कलन हुने गरेको संचालक तथा कृषक लिला मगर बताउछन् । अझै ५ सय लिटर दुध आवश्यक भएको मगर बताउछन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ