श्रृङ्खला खतिवडालाई ‘मिस नेपाल’ २०१८ को ताज

Letang Khabar बिहिबार, चैत्र २९, २०७४

काठमान्डौ २८ चैत । यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला रु’

यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने नगद प्राप्त गरिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । टाइटल अवार्डका विजेताहरुको नामाबली यसप्रकार छः

ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ