विद्यालयमा बालवालिकाले पिउने पानीमा विष भेटियो

निरज पाण्डे मंगलबार, साउन २९, २०७५

लेटाङ २९ साउन । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँते अन्तर्गत रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङकीमा साउन २९ गते अज्ञात पक्षबाट विष प्रयोग भएको भेएिको छ । १२ कक्षासम्म सञ्चालनमा रहेको उक्त विद्यालयको सम्पूर्ण कक्षाहरु दिउसोको समयमा सञ्चालन हुने गरेका छन् ।

अचानक करिव १०ः ०५ बजे विद्यार्थीहरुले खानेपानीमा विषको गन्ध आएको कुरा विद्यालय प्रशाषन समक्ष राखेपछि प्रअ सहीत शिक्षहरुले अनुगमन गर्दा सावप्रिन–१० नामक विषादीको बट्टा खानेपानीको फिल्टर ट्याङ्कीभित्र सो नामको विष घुल्दै गरेको अवस्थामा भेट्टिएको प्र अ खेमराज दुलालले बताउनु भयो । लेटाङ नगरपालिकाका विद्यालयहरु भित्रकै निक्कै व्यावस्थित र बैज्ञानिक पद्दतिबाट तयार गरिएको सो खानेपानी ट्याङ्की विगत २ वर्ष यताबाट सञ्चालनमा आएको थियो । सो बेलासम्ममा विद्यालयका करिव ३०÷४० जना विद्यार्थीले पानी पिइसकेको अनुसन्धानबाट पत्ता लागेपछि विद्यालयमा होहल्ला भएको थियो । उक्त अवस्थालाई नियन्त्रण गर्दै प्रअ तथा शिक्षकहरुले वालवालिकालाई इलाका स्वास्थ्य केन्द्र मंगलवारे लैजाने काम गरेको कुरा प्र अले जानकारी दिनुभयो । पानी पिएका वालवालिकामा विषको असर देखा पर्दा वान्ता हुने, टाउको दुख्ने, रिङगटा चल्ने जस्ता असरहरु देखा परिसकेकोले मंगलवारेले प्रभावित विद्यार्थीमध्ये ४ जनालाई विराटनगर नोवेल हस्पिटल पठाएको कुरा स्वास्थ्य विभागका प्रमुखले बताएका छन् । सिकिस्त रहेका विद्यार्थीहरुमा कक्षा ९ मा अध्ययनरत छात्रा ४य कमला लिम्बू, खुस्बु मिश्र रहेका छन् भने कक्षा ७ कि सृष्टि निरौला र कक्षा ५ मा अध्ययनरत छात्र मनिष थापा रहेको कुरा शिक्षक खगेन्द्र खतिवडाले बताउनु भयो । उक्त विद्यार्थीहरुमध्ये खुस्बु मिश्र निकै सिकिस्त रहेको विराटनगरबाट लेटाङ नगर सञ्चार संयोजक प्रशान्त निरौललेले लेटाङ खबरलाई जानकारी दिएका छन् । शिक्षक, विद्यार्थी, स्थानिय जनप्रतिनीधि तथा अभिभावकको सकृय सहयोगमा स्वास्थ्य उपचार गराउन सफल अवस्थामा पुगिएको कुरा शिक्ष राजबआदुर लिम्बूले जनाउनु भएको छ ।

यस्तो अमानविय घटनाको चारैतिर निन्दा भइरहेको अवस्थामा लेटाङ नगरका मेयर शंकर राइले दुधे वालवालिकाको आत्मा मार्ने दुश्प्रयाश गर्ने जो काही कारवाहीको भागीदार रहेको र उक्त घटनाको चाँडै छानविन गरी सत्य तथ्य पत्ता लगाई कारवाही अघि बढाइने जानकारी दिनुभयो । विश्व इतिहाँमा कयौँ अमानविय घटनाहरु भएका छन् तर यस्तो पिउने पानीमा यस प्रकृतिको तुच्छ घटना घटाइनुले देशका बढदै गएको असुरक्षाप्रति सङ्केत पनि गर्नुभयो । वहाँले यस घटनामा सरकारले विशेष ढङ्गले सोच्नुपर्ने बेला आएको र यो कुरा पत्र पत्रिका तथा सञ्चार माध्यमले प्रभावकारी ढङ्गले सम्प्रेषण गर्न कुनै कन्जुस्याई गर्न नहुने पनि उल्लेख गर्नुभयो । यो घटनाले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान केन्द्रित गरेको र अब कुनै कसुर नछोडी छानबिनका लागि सबै पक्ष उतिकै सकृय हुनै पर्ने दाबी गर्नुभयो । समाजका उछ्रिङ्खल पक्ष हुन या राज्यको मूल राजनैतिक धारबाट अलगियका पक्ष हुन यदि जो जोबाट यो हुन गयो अब राम्रो नहुने र राम्रो हुने सङ्केत नभएको कुरा उल्लेख गर्नु भयो । त्यस्तै ९ नम्बर वडाका अध्यक्ष कृष्ण लुइटेलले पनि घटनाको सत्य तथ्य चाँडै पहिल्याई दोषीमाथि कानुनी कारवाही अघि बढ्नु पर्ने कुरा उल्लेख गर्नुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ