मेरो घरमा ओली–प्रचण्डले मात्रै होइन विपी, गिरिजादेखि विश्वप्रकाशसम्मले खाना खाए : प्रसाईँ

Letang Khabar बिहिबार, आषाढ २८, २०७५

कांग्रेस र विवेकशील पार्टी एक भए मार्सी हैन बास्मतीको भात खुवाउन तयार छुु

काठमाडौं। मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली– पुष्पकमल दाहाल (प्रचण्ड) ले मात्रै नभएर विपी, गिरिजादेखि विश्वप्रकाश शर्मासम्मले आफनो घरमा खाना खाएको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बि एण्ड सी टिचिङ्ग अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईँले सो कुरा बताएका हुन् । उनले वाम एकताको लागि आफूले पनि केही भूमिका खेलेको स्विकार गर्दै तत्कालिन नेकपा एमालेका अध्यक्ष एवम वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई खाना खुवाएर बि एण्ड सिको सम्बन्धन पूरा गर्न खोजिएको भनेर मिथ्या आरोप लागेको पनि गुनासो पोखे ।

प्रसाईँले थपे, ‘मुलुकमा स्थिर सरकार र राजनीतिक स्थायित्वको लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा विपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरी आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, कांग्रेस, साझा विबेकशिल पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु, बिरोधको लागि बिरोध नगरौं, बिना कारण कसैलाई माफिया नभनौं, मुलुकको विकास र समृद्धिको लागि आफ्नो तर्फबाट लागौं मेरो भन्नु यत्ति हो ।’

प्रसाईले पूर्वाञ्चलको झापामा रहेको बि एण्ड सी टिचिङ्ग अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरे। उनले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालय र भवन विभागमा पहिलोपटक दर्ता भएर सम्पूर्ण मान्यताहरु पूरा गरेर सुदुरपुर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका अनुयायीहरुले मलाई माफिया भन्ने गरेका छन्, मैले कसैको पैसा लुटेको होईन, बिहान उठ्दा पत्रिका पढ्न समेत डर लाग्छ, खाली माफिया, माफिया भनेर भनेका छन्, लेखेका छन्, अरु मेडिकल कलेजहरुले गल्ति गरेका छैनन् भन्दिन तर गल्ति नै नगरेको ब्यक्तिलाई माफिया भनेर भन्दा मन दुख्दो रहेछ ।’

उनले अघि थपे, ‘२०६८ पुस १४ गते मलाई सरकारले नै बोलाएर एल।ओ।आई दिएको थियो, त्यसपछि मैले मेडिकल कलेजको काम गरेको हुँ, त्यही एल।ओ।आई देखाएर बैंकबाट ऋण लिएको छु, अहिलेपनि ऋणमा छु, के सुदुरपूर्वमा खोलिएको बि।एण्ड।सी को सम्बन्धन रोक्दा देशको स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ रु पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गर्दा मैले अपराध गरें रु हिजोका दिनहरुमा त्यस क्षेत्रका मानिसहरु भारतको सिलगुढि उपचार गर्न जान्थे, कति छोरीचेलीहरु बलात्कार हुन्थे, आज त्यो समस्या दुर भएको छ, बोरामा बोकेर ल्याएका खुट्टाहरु जोडेर बिरामीलाई घर पठाएका छौं, टाउकाका गोलीहरु निकालेका छौं, वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गरेका छौं, राज्यलाई करोडौं रुपैयाँ कर तिरेका छौं ।’

स्वास्थ्यमा भ्याट छुट गर्नुपर्छ भन्ने माग गर्दै प्रसाईले स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्नुपर्नेमा समेत जोड दिए । उनले भने, ‘बि एण्ड सि नेपालकै राम्रो अस्पताल हो, हाम्रोभन्दा धेरै लगानी गरेर डा। उपेन्द्र महतोले ललितपुरको भैसेंपाटीमा नेपाल मेडिसिटी खोल्नुभएको छ, हजारौंलाई रोजगार दिनुभएको छ, के अब सबै लागेर त्यो अस्पताल भत्काउने रु जुन अस्पताल दिल्लीको मेदान्तभन्दा राम्रो छ, बिदेशीहरु पढ्न र उपचार गर्न आउने वातावरण हाम्रै मेडिकल हुन, हामीलाई नै राज्यले यसरी किन लखेटिरहेको छ रु मेरो काठमाडौंमा राम्रै घर छ, छोराछोरी डाक्टर पढेका छन्, मलाई सम्पति चाहिएको छैन्, म त जे सक्छु र जति सक्छु देशको लागि गर्छु भनेर लागेको हुँ ।’

उनले अघि थपे, ‘म ०५६ सालबाट जनयुद्धमा होमिएको र ६ महिना सैनिक हिरासत भोगेको मानिस हुँ, समाजवादको लागि यो मेडिकल सरकारी बनाउनुपर्छ भने पनि म तयार छु, सरकारले चलाउने हिम्मत राख्छ भने अहिले नै छोड्न तयार छु, गोविन्द केसीले उपत्यकामा मेडिकल कलेज खोल्न पाईदैन भन्नुभयो, मैले सुदुरपूर्वमा खोलें आज उहाँ मेरो कलेजलाई र मनमोहन मेडिकल कलेजलाई रोक्न उद्धत रहुनभएका कारण मैले उहाँको अनशनलाई राम्रो नभनेको हुँ, हो, उहाँका जायज मागहरु पूरा हुनुपर्छ, छानविन गरेर मापदण्ड नपुगेका मेडिकल कलेजमाथि कारबाही गर्नुपर्छ, यो मेरा पनि माग हो ।’

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ