र्यापिड इटहरीद्वारा उद्घोषण तथा पत्रकारिता तालिम सञ्चालन

Letang Khabar शुक्रबार, आषाढ २२, २०७५

इटहरी । इटहरीमा रेडियो, टेलिभिजन र स्टेज उद्घोण तथा पत्रकारिता सम्बन्धि तालिम सम्पन्न भएको छ । ¥यापिड ल्यांग्वेज एण्ड आइटी सेन्टर इटहरीले आफ्नो संस्थामा कम्प्युटर र ल्याङ्ग्वेज अध्ययन गर्ने आफ्ना विद्यार्थीहरुका लागि ७ दिने तालिम सञ्चालन गरेको हो । तालिममा मकालु टेलिभिजनका रोहित खनाल, रेवती निरौला, एनटीभी प्लसका विवस राई तथा नमस्ते एफ एम इटहरीका सुमन भट्टराई र विनय कोइरालाले सहजिकरण गरे । ¥यापिडले हरेक वर्ष आफ्ना विद्यार्थीहरुका लागि निःशुल्करुपमा तालिम आयोजना गर्दै आएको ¥यापिडका प्रोप्राइटर महानन्द गुरागाईंले जानकारी दिए । तालिममा सुजन कठायत प्रथम, नविना खड्का दोश्रो र आकाश तिवारी तेश्रो भए । तालिममा ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ¥यापिड ल्यांग्वेज एण्ड आइटी सेन्टर इटहरीले कम्प्युटरका विभिन्न कोर्ष, कम्प्युटर टिचर ट्रेनिङ कोर्ष तथा अंग्रेजी, जापानिज, कोरियन लगायतका भाषाका कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ