लेटाङ उद्योग वाणिज्य संघको २७औं साधारणसभा सम्पन्न, विशिष्ट व्यक्तित्वहरू सम्मानित

ईनेपालपत्र शुक्रबार, फाल्गुण ०९, २०८१

लेटाङ, ९ फाल्गुन । लेटाङ उद्योग वाणिज्य संघको २७औं साधारणसभा बिहीबार संघको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन संघीय सांसद तथा पूर्वमन्त्री डिगबहादुर लिम्बूले गर्नुभएको थियो।

साधारणसभामा संघको स्थापना र विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरियो। सम्मानित व्यक्तिहरूमा संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष अशुंपति विश्वास, उद्योग सचिव कुबेरप्रसाद पौडेल, वाणिज्य सचिव हिमालय श्रेष्ठ, कोषाध्यक्ष उत्तम श्रेष्ठ, सदस्यहरिनारायण चौधरी, दमयन्ती सुब्बा, टेकनाथ निरौला र कोशी प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीम पौडेल रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि लिम्बूले उद्योग वाणिज्य संघलाई सबैको साझा संस्था बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, मोरङ क्षेत्र नम्बर १ मा विकास योजनाहरू सञ्चालन भए पनि ठेकेदारको ढिलासुस्तीका कारण समस्या आएको उल्लेख गर्नुभयो।

लेटाङ नगरपालिकाका पूर्वप्रमुख शंकर राईले व्यवसायीहरूको न्यून सहभागिताप्रति खेद व्यक्त गर्दै व्यवसायी हितका विषयमा छलफल हुनुपर्ने बताए। उपप्रमुख कृष्ण कुमारी निरौलाले व्यवसायीहरूलाई कानुनी परिधिभित्र रही कार्य गर्न आग्रह गर्नुभयो।

साधारणसभामा संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ र महासचिव नेत्र प्रसाद निरौलाले संघका गतिविधि र भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उद्योगी, व्यापारी, संघका पदाधिकारी, सञ्चारकर्मी, तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ