प्रदेश नं. १ को नाम सगरमाथा वा कोशी राख्न प्रधानमन्त्रीको सुझाव

Letang Khabar बुधबार, बैशाख १९, २०७५

अर्जुन राजवंशी

दमक,  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्दा उपयुक्त हुने संकेत गरे । उनले भने,‘यस प्रदेशमा सप्तकोशी बग्छ तर, कोशी प्रदेश भन्न हामी सक्दैनौं । विश्वमा चिनिएको सगरमाथा छ तर, सगरमाथा प्रदेश भन्न हामी गाह्रो मान्छौं । त्यसैले यस प्रदेशको नामाकरण गर्न ढिलाई भएको हो ।’
ओलीले प्रदेश ६ ले आफ्नो प्रदेशको नामाकरण र राजधानी तोकेर अघि बढेकोतर्फ प्रदेश १ को ध्यान जानुपर्नेमा जोड दिए । उनले भने,‘प्रदेश ६ लाई अब ६ नम्बर प्रदेश भन्नु पर्दैन । उसले आफ्नो प्रदेशको नाम कर्णाली प्रदेश राखिसक्यो । उससँग अस्थायी होइन, स्थायी राजधानी पनि भईसक्यो । प्रदेश ६ ले आफ्नो राजधानी सुर्खेत तोकिसक्यो ।’
प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको ध्यानाकर्षण गराउँदै प्रदेश १ को नामाकरण र राजधानी तोक्न ढिलाई भएको जानकारी गराएका थिए ।
                                                                                                                                                                                       -कान्तिपूरवाट

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ