अभिभावक बिहिन बालबालिकालाई निशुल्क पढाउने निर्णय गर्दै पदभार ग्रहण

प्रशान्त निराैला मंगलबार, जेठ १०, २०७९

लेटाङ ९ जेठ । नवनिर्वाचित लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतिले आज आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
जिल्ला न्यायधिस द्वारा आज नगरप्रमुख लावतिलाई बिराट्नगरमा सपत ग्रहण गराएपछी आज नगरप्रमुखद्वारा नगरपालिकामा नगरका अन्य निर्वाचित जनप्रतिनिधिहरुलाई सपत ग्रहण गराउनुभयो ।
पदभार ग्रहण गर्दै नगरप्रमुख लावतिले अभिभावक बिहिन बालबालिकालाई निशुल्क माध्यमिक तह सम्म अध्ययन गराउने निर्णय समेत गर्नुभयो ।
कार्यक्रममा पुर्व मेयर शंकर राई ,उपप्रमुख कृष्ण कुमारी पोख्रेल, निर्वाचन अधिकृत पुन्य प्रसाद ढकाल , नवनिर्वाचित जनप्रतिनिधि , कर्मचारी लगायतको उपस्तिथि रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ