जबरजस्ती करणीको आरोपमा ८ जना पक्राउ

Letang Khabar आइतबार, भाद्र २४, २०७५

ईलाम, भाद्र २४ गते । ईलाम जिल्लाको देउमाई नगरपालिका ९ पारीगाउँबाट प्रहरीले शनिवार १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला इलाम देउमाई नगरपालिका ९ पारीगाँउकी बर्ष ५४ को ढुण्डीराज गिरी, बर्ष १९ को हप्पे भन्ने राजेश लिम्बु, वर्ष १९ को शान्ताहाङ पत्र लिम्बु, वर्ष १९ को कान्छा भन्ने कुसाङ पत्रे लिम्बु, वर्ष ३५ को वीर बहादुर खजुम लिम्बु, वर्ष ५० को जेमिरे कान्छा भन्ने राम बहादुर लिम्बु, वर्ष ६० को भिमचन्द्र लिङदेन लिम्बु र बर्ष १९ को मिलन साँवा लिम्बु रहेका छन् ।

उल्लेखित ब्यक्तिहरुले मिति २०७५ साल बैशाख महिना देखी आफ्नो नावालिक नातिनीलाई पटक(पटक जबरजस्ती करणी गरी फरार रहेका भन्ने बालिकाको हजुरबुबाको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलीले ८ जनालाई नै पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ईलाम पठाईएको प्रहरीले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ