स्थिति तनावग्रस्त भएपछि प्रहरीले शुक्रबार साँझ गोली चलाउँदा १४ वर्षिय चेतन भट्टको मृत्यु भएको हो। अहिले महेन्द्रनगर बजार तनावग्रस्त छ।
आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको प्रहरीले बताएको छ।
महेन्द्रनगरको चन्दन चौक निर प्रहरीको गोली लागि एक भट्टको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए। प्रहरीकै गोलीबाट थप तीन जना गम्भीर घाइते भएका छन्।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आन्दोलित छन्।
स्थिति अन्नियन्त्रित हुँदै गएपछि प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।
प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।
सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो।