प्रहरीद्वारा ब्यावसायीसँग रकम असुलेको आरोप

Letang Khabar बुधबार, साउन ०९, २०७५

 

केरावारी ९ साउन / जनतालाई शान्ति सुरक्षा दिने प्रहरीले नै दादा गिरी देखाएर ब्यावसायीसँग रकम असुल्न थालेपछि उत्तरी मोरङको केराबारीका ब्यावसायीहरू हैरान भएका छन् ।
पछिल्लो समय इलाका प्रहरी कार्यालय केराबारीका कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक दीपक यादवले खदम खोलामा मन लाग्दी रकम असुल्न थालेपछि ब्यावसायी हैरान भएका हुन् । सई यादवले खदम खोलामा ढुङ्गा, गिटी, बालुवा व्यावसायीहरुलाई धम्क्याई कुटपिट समेत गर्न थालेपछि यादवको हर्कत सार्वजनिक भएको हो । यादवले आफु केराबारीको प्रहरी प्रमुख भएर आउन विभागका उच्च अधिकारीसँग ‘सेटिङ’ मिलाएको समेत भन्न भ्याएका छन् । एक ब्यावसायीले भने– कांग्रेस, एमाले, माओवादी मात्र होइन, तिनका भातृ संस्थाका प्रमुख नेताहरूलाई समेत आफूले मिलाएको सई यादवले बताउने गरेका छन् । ब्यावसायीका अनुसार सई यादवले केराबारी आउनका लागि स्वस्ति शान्ति र ग्रहजप समेत गरिसकेका छन् । यादव आफै पनि सबै दलका नेतासँग बलियो सम्बन्ध रहेकोले कसैले केही गर्न नसक्ने अभिब्यक्ति दिँदै हिड्ने गरेका छन् ।
यादवले केराबारीका कांग्रेस तथा नेकपाका नेताहरुलाई माथिल्लो निकायका नेताहरुलाई फोन गराई लाइन मिलाई दिन आग्रह गरेका थिए । त्यतिमात्र होइन । उनले नेविसंघका केन्द्रीय नेता देखि जिल्ला स्तरीय नेताहरु, युवा संघका केन्द्रीय देखि स्थानीय नेताहरुलाई समेत लोभमा पारेर केराबारीका स्थानीय ट्रक, ट्रिफर, जेसिवी व्यावसायीहरु सँग रकम असुल्ने लाईन मिलाएका थिए। समाचार स्रोत भन्छ–लाईन मिलेपछि उनले जेसिवी व्यावसायीहरुसँग सुरु–सुरुमा हरेक रात ५ हजार रुपियाँ लिन थालेका थिए । तर सधैं पैसा तिर्न समस्या भएपछि ब्यावसायीहरूले यादवलाई दैनिक ३ हजार मात्र बुझाउन थालेका थिए । व्यावसायी र यादव बीच हिमचिम बढेपनि यादवले व्यावसायीहरुले कमाएको पैसामा गिद्देदृष्टि लगाउन छोडेनन ।
व्यावसायीहरुले दैनिक ५ हजार दिन नसकेपछि सई यादव ब्यावसायीलाई तह लगाउने भन्दै भक्षक बन्न थालेका हुन ।
पछिल्लो समय यादवले दिन भरी खोला बन्द छ भनी खोलामा डिउटी खटाउने र बेलुका केही निश्चित व्यापारीहरुलाई हातमा लिई एउटा जेसिवीबाट पाँच हजारका दरले रकम असुल्ने गरेका छन् । हाल प्रति रात प्रति ट्याक्टर तीन हजारको दरले ट्याक्टर वाला र जेसिवीसँग पैसा लिने गरेका छन् । यो खोला मेरो अधिनमा रहनु पर्छ भन्दै शान्ति सुरक्षामा भन्दा खोलामा हप्ता असुल्न बढी खट्ने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । स्थानीय राजनीतिक दल, गाउँपालिका, बुद्धिजिवि कसैसँग पनि समन्वय नगरि आफु खुसी खोलामा दिन भरि डिउटी खटाउने बेलुका भए पछि ट्याक्टरसँग साँठगाँठ गरी ट्याक्टर वालाहरुसँग पैसा असुल्ने गरेका छन् ।
चेकिङको नाममा जथाभाबी ढँगले गाडी रोक्ने, हैरानी दिने, ड्राइभर कुट्ने, हप्काउने, गालीगलौज गर्ने जस्ता कार्यहरु गर्ने गरेको छ । उनले ट्याक्टरले तीन हजार नदिए पक्राउ गरेर गाउँपालिकालाई जानकारी नगराई जिल्ला समन्वय समितिमा पठाउने र जरिवाना तिराउने गरेका छन् ।
उनले आफुलाई अब्बल सावित गर्न गत महिना खदम खोलामा सात सय मिटर बगेको बालक प्रहरीले बचायो भन्दै आफ्नो निक्कै प्रचार गरेका थिए । त्यसबेला पनि उनले कुनै जनप्रतिनिधिहरुलाई जानकारी नदिई केहि पत्रकारलाई बोलाएर फोटो समेत दिई चर्चामा आएका थिए ।
ति बच्चा केराबारी गा.पा. वडा नं.७ मा दुलाल परिवार नै नभएको र खोलाले पनि नबगाएको स्थानीयको भनाई छ । चर्चामा आउन सही यादवले घटिया काम गरेको ब्यावसायीहरूको आरोप छ स्रोत भन्छ–प्रहरी चौकी पछाडी पटि रहेका बच्चा खोलामा बाढि आए पछि खोला हेर्न किनारमा गएको बेला सोही ठाउँमा रहेको प्रहरीले यो बच्चा कस्को रहेछ भन्दै खोलाबाट बच्चालाई घरमा पु¥याईदिएको स्थानीयको भनाई छ ।
२४ घण्टा खोला र गिटी, बालुवामा मात्र ध्यान दिँदा प्रहरी चौकी देखि २ सय मिटरको दुरीबाट गाई हराउँदा समेत प्रहरीले चोर पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ । यादव केराबारीको कुनै पनि संघ, संस्था कार्यक्रममा समेत जान भ्याउँदैनन् । उनी मन्त्री तथा ठुला नेता आउँदा चाकरी बजाउँन टुप्लुक्क पुग्छन भने अन्य सामाजिक सरोकारका कार्यक्रममा असई लाई पठाउने गर्छन ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ