किराँत हाङसाम थेवा युमा माङहिम मन्दिर समुद्घाटन

Letang Khabar सोमबार, चैत्र २६, २०७४

लेटाङ ,चैत्र २४ । सरकार कसैको दम्भ, घमण्ड र पुर्वाग्रको भरमा नरही बिकास र संवृद्रिको दिशामा अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबोले बताएका छन । शनिवार मोरङ स्थित लेटाङ ८ मा रहेको किराँत हाङसाम थेवा युमा माङहिम मन्दिर समुद्घाटनमा बोल्दै प्रमुख अतिथी आङबोले जनताको मतको कदर गर्दै वर्तमान सरकारको अर्जुन दृष्टि गाउँ गाउँमा भौतिक पुर्वाधारको बिकास गरि निजि क्षेत्रलाई समेत समेटी ठुला ठुला उध्योग कल कारखाना निर्माण गरि वेरोजगारीको समस्यालाई हल गर्ने बताए ।

मन्त्री आङबोले पथरी जाँते संडक खण्ड २ बर्ष भित्र प्रदेश सरकारले कालोपत्रे गर्ने बताएका हुन । जाँतेमा २०६१ साल फाल्गुन २ गतेको दोहोरो भिडन्तमा आफु माओवादीको तर्फवाट युद्ध लडेको वेला जाँतेमा कठोर समय व्यथित गरेको स्मरण गर्दै मन्त्री आंवोले जाँतेलाई विशेष सहयोग गर्ने वताए ।

किराँत हाङसाम थेवा युमा माङहिम मन्दिरको प्रथम समुद्घघाटन समारोह प्रदेशसभाका सांसद बिशिष्ट अतिथी कुसल लिम्बु, उपेन्द्र घिमिरेले कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी लेटाङ नगर प्रमुख शंकर राईले विश्वमा धर्मको कारणले शान्ति फैलिएकाले सबै खाले धर्मसस्कृतीको जगेर्णा गर्न अभिप्रेरित गर्दै मन्दिर निर्माणमा नगरले १ लाख बजेट छुटाउने वचन दिए । नगरपालिका प्रमुख राईले धर्मको सार भनेको पाप नगर्नू रहेकाले सवै मानिसले धर्मको मर्म वुझ्नुपर्ने धारणा राखे । नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले सवै धर्म राज्यको नजरमा उस्तै रहेको पनि उनले वताए । लेटाङ नगरपालिका लाई ५ वर्ष भित्रमा नेपालकै नमुना नगरपालिका वनाउन आफु अघि लागेकोले प्रदेश र संघिय सरकारले विषेश सहयोग गर्नुका लागि माग गरे । जाँते पथरी सडक , बेलबारी बुधबारे सडकको डिपिआर गरिसकेको वताउदै चाडै वजेट विनियोजन गर्न सरकारको ध्यान आकर्षण गराए । लेटाङ नगरपालिका पहाडले घेरीएको विकटताले बाधिएको क्षेत्र भएकाले लेटाङ , केरावारी तथा मिक्लाजुङ जस्ता ठाँउलाई विषेश क्षेत्र घोषणा गरेर विषेश योजना ल्याउन सरकार समक्ष माग गरे ।

मन्दीर स्थापनाका लागि तत्कालिन सांसद डिगवहादुर लिम्बु , लेटाङ नगरपालिका लाई आयोजकका तर्फवाट धन्यवाद दिईएको थियो ।कार्यक्रममा मन्दीरका लेखा संयोजक नविन लिम्बुले स्वागत गरेका थिए । धर्मराज लिम्बूको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा मन्दिरलाई जग्गा दान गर्ने सावा सन्चरोती चेम्जोङर मेम बहादुर देवान तथा स्थानिय वयोवृद्घाहरु र मन्दीर स्थापनार्थ सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ