डिपिआर स्थगित

Letang Khabar मंगलबार, आषाढ १९, २०७५

 

लेटाङ १९ असार। नेपाल सरकाको यस आर्थिक बर्षमा मुख्य योजनाको रुपमा आएको पुर्व पस्चिम मदन भण्डारी राजमार्गको डि.पि.आर कार्य स्थगित भएको छ ।

शुक्रबार मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुुल प्रसाद लिम्बु, नेकपा मिक्लाजुङका संयोजक नरेन्द्र प्रसाद ढुङ्गेल र मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राई ,वडाध्यक्षहरु नगेन्द्र कार्कि , बुद्धीमान लिम्बु, खगेन्द्र मादेन, रुद्र लिङ्देन, गौरी प्रसाद राई र स्थानीयको टोलीले सो डिपिआर कार्यलाई स्थनगन गराएका हुन । जनतालाई प्रत्यक्ष फाइदा पुर्याउने गरी महेन्द्र राजमार्ग भन्दा उत्तरका गाउँ तथा सहर हरुलाई जोडदै लानु पर्ने सडक चार कोसे झाडी हुँदै महेन्द्र राजमार्गको आसपास बाट लानुकोे कुनै औचित्य नभएकोले आफुहरुले सो डिपीआर कार्य रोकेको प्रदेश सभा सदस्य कुल प्रसाद सांम्बा(लिम्बु)ले बताउनु भयो ।

उक्त राजमार्गको डिपीआर निर्माणको जिम्मा लिएको सिभिल इन्जिनीयरीङ रिसर्च एण्ड कन्सल्टेन्सी काठमाण्डौका प्रतिनिधी मिक्लाजुङ गाउँपालिका अध्यक्ष, देवी प्रसाद आचार्य उपाध्यक्ष सरला राई सहित मिक्लाजुङका ५ ओटा वडाध्यक्षहरुको टोलीले सिधा र सबैलाई पायक पर्ने गरी राजमार्ग निर्माण गर्नुपर्ने स्थानको स्थलगत अवलोकन समेत गरेको र सो स्थान बाट डिपिआर निमार्ण कार्य अगाडी बढाउन भनिएको मिक्लाजुङ गाउँपालिकाका प्रबक्ता नगेन्द्र काकीले बताउनुभयो ।

यता लेटाङ नगरपालिकामा पनि संघर्ष समिती नै बनेर डिपिआर कार्यको बिरोध भएको छ । लेटाङको बिपि चौक देखि जाँतेको मदन चौकको सडकलाई डिपिआर गर्न थालेपछी स्थानिय शान्ती पाख्रीनको संयोजकत्वमा संघर्ष समिती बनाईएको हो । लेटाङ नगरपालिकाको बजार क्षेत्रमा करिब २सय घरपरिवारलाई उठिवास लाग्ने गरिको डिपिआर गरिएको भन्दै स्थानियले बिरोध गरेका हुन । चुरे क्षेरलाई मुख्य आधार बनाउनु पर्ने भएता पनि डिपिआर गर्दा बस्ती तथा तल्लो भागकोआधार बनाएर डिपिआर गर्न थालेपछि स्थानियले बिरोध गरेका हुन । उनिहरुले लेटाङ नगरपालिका , प्रदेश तथा संघिय सांसदलाई ज्ञापन पत्र समेत बुझाएका छन

। यस संगै हाललाई डिपिआर गर्ने कार्य स्थगन भएको छ । कन्सल्टेन्सीले उक्त कुरा लार्ई माथिल्लो निकायमा पठाउने केन्सलटेन्सीका प्रतिनिधी एकराज कंडेलले जानकारी दिनु भयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ