लेटाङलाई कम, सुन्दरहरैंचालाई सबैभन्दा बढी बजेट

Letang Khabar बुधबार, जेठ १६, २०७५

रेवती निरौला
बुधबार १६, जेठ २०७५

विराटचोक । सरकारले मोरङ १७ वटा स्थानीय तहका लागि ५ अर्व ३० करोड ८२ लाख बढी बजेट छुट्याएको छ । जसमा वित्तिय समानीकरणतर्फ २ अर्व ५२ करोड ६५ लाख छ भने सशर्त अनुदानतर्फ २ अर्व ७८ करोड १७ लाख रहेको छ ।

मोरङका स्थानीय तहमध्ये विराटनगर महानगरपालिकालाई छाड्ने हो भने सबैभन्दा बढी बजेट सुन्दरहरैंचा नगरपालिकाले पाएको छ । जुन सबै भन्दा बढी जनसंख्या भएको नगरपालिका समेत हो । विराटनगर महानगरपालिकालाई ७८ करोड २० लाख बजेट छुट्याइएकोमा सुन्दरहरैंचा नगरपालिकालाई ४१ करोड ५२ लाख छुट्याइएको छ । अन्य नगरपालिकाहरुमा उर्लाबारीलाई ३३ करोड १५ लाख, पथरिशनिश्चरेलाई ३२ करोड ९६ लाख, बेलबारीलाई ३६ करोड २९ लाख, रंगेलीलाई ३३ करोड १० लाख, रतुवामाईलाई ३४ करोड ६७ लाख, सुनवर्सीलाई २८ करोड ४७ लाख बजेट छुट्याइएको छ ।

नगरपालिकाहरुमध्ये उत्तरी मोरङमा पर्ने लेटाङ नगरपालिकालाई सबैभन्दा कम बजेट छुट्याइएको छ । क्षेत्रफलको हिसावले मोरङको दोश्रो ठूलो स्थानीय तह भएपनि जनसंख्या भने कम भएको लेटाङ नगरपालिकाले सबैभन्दा कम २३ करोड ७१ लाख बजेट पाएको छ । लेटाङले मोरङका अन्य सबै नगरपालिका भन्दा कम तथा अन्य ३ वटा गाउँपालिकाले भन्दा पनि कम बजेट पाएको छ । गत आर्थिक वर्षमा पनि लेटाङले सबैभन्दा कम बजेट पाएको थियो ।

यता गाउँपालिकाहरुतर्फ ग्रामथानले सबैभन्दा बढी २५ करोड १२ लाख बजेट पाएको छ । त्यसपछि क्रमशः बूढीगंगाले २४ करोड ८१ लाख, धनपालथानले २४ करोड ७३ लाख, कानेपोखरीले २३ करोड ५३ लाख, केराबारीले २३ करोड १६ लाख, जहदाले २३ करोड ८ लाख, मिक्लाजुङले २२ करोड ६५ लाख र कटहरीले सबैभन्दा कम २१ करोड ६७ लाख बजेट पाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ