ओलीको उपचारमा लेटाङका युवा सक्रिय

Letang Khabar आइतबार, जेठ ०६, २०७५

प्रशान्त निरौला
लेटाङ ६ जेष्ठ । परिवार भन्दा वाहिर रहेर लामो समय देखी लेटाङ नगरपालिकाका विभिन्न स्थानमा स्थानयिको सरणमा रहेका ओली कान्छा भनेर चिनिएको व्यक्तीको ओठमा ट्युमर आएर समस्या देखिए पछि लेटाङका युवा विकास अधिकारीको संयोजकत्वमा उपचारका लागि पहल सुरु भएको छ । अधिकारी सहित लेटाङका युवाहरु आनन्द पौडेल , जीवन लामा लगायतले ओली कान्छा वचाउ अभियान क्याम्पेन सुरु गरेका छन् ।
वेसहारा वनेका ओली कान्छाले रोग वाट आक्रान्त वनेर जीवन मरणका दोसाधमा रहेको वेला स्थानिय युवाहरु उनको उपचारका लागि जुटेका हुन् । उनिहरुले ओलीलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा भर्ना गराईसकेका छन् भने उनको उपचारमा लाग्ने खर्च समेत उनिहरुले संकलन गरिरहेका छन् ।
क्याम्पेनमा लागेका युवाहरुलाई लेटाङ नगरपालिका प्रमुख शंकर राईले समेत सहयोग गर्ने वचन दिएपछि युवाहरु क्याम्पेनमा जुटेका हुन । ओलीको उपचारमा सहयोग गर्ने मनशाय भएका मानिसले क्याम्पेनका संयोजक अधिकारीको सम्पर्क नंम्बर ९८४२१८५५६६ मा सम्पर्क समेत गर्न सकिने वताईएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ