मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैनः अतिरिक्त महानिरीक्षक मगर

लेटाङ खबर समाचारदाता बिहिबार, बैशाख १०, २०८३

काठमाडौं, १० बैशाख । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताउनुभएको छ ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले मल आयातमा सहजीकरण गरिएको बताउनुभएको हो ।

उहाँले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट ९बीओपी० लाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गर्नुभयो । उहाँले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताउनुभयो । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उहाँको भनाई छ ।

उहाँले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताउनु भयो । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘यो साल हामीले मल आयातमा नरोक्नेगरी निर्देशन दिएका छौँ । मल आयातमा दुःख दिएको कतै जानकारीमा पाए उजुरी गर्नुहोला हामी तत्काल कारबाही गर्नेछौँ । नेपाल–भारत सीमाको ९४७ स्थानमा बाटो नै छ । खुला सीमाना १ हजार ८४८ किलोमिटर सिमाना खुला हुँदाखेरी जताततैबाट हिँड्नसक्ने हुँदा सबै ठाउँमा हाम्रो जनशक्ति पुग्दैन ।

त्यसको फाइदा उठाएर मल भनेर अरु चीज आयात हुने गरेको पाईन्छ । मलको बोरामा चिनी ल्याउने तथा अरु तस्करी हुने हुँदा त्यसलाई नियन्त्रण गर्नको लागी हामीले आकस्मिक कार्यहरु गरिरहेका छौँ । मलको आयातमा भने कडाई गरिएको छैन ।’ समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गर्नुभएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

माेरङ, काेशि प्रदेश , नेपाल , मोरङ