लेटाङ नगर अस्पताललाई डा. इन्दिरा सुन्दासद्वारा १ लाख सहयोग

प्रशान्त निराैला शुक्रबार, बैशाख ०४, २०८३

लेटाङ, ४ बैशाख । लेटाङ नगरपालिका ४ मा जन्मेर हाल काठमाडौं १४ कुलेश्वरमा बसोवास गर्दै आउनुभएकी डा. इन्दिरा सुन्दासले लेटाङ नगर अस्पताललाई रु १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ। आफ्नी दिवंगत आमा विष्णुमाया सुन्दासको स्मृतिमा विपन्न बिरामीको उपचार सहयोग तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। लामो समय नर्सिङ क्याम्पसमा प्राध्यापकको रूपमा सेवा गरेपछि हाल निवृत्त जीवन बिताइरहेकी सुन्दासले समाजप्रति आफ्नो दायित्व स्वरूप सहयोग गरेको बताइएको छ।

आज अस्पताल परिसरमै आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख भुपेन्द्र कुमार लावतीको अध्यक्षतामा उक्त रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपप्रमुख कृष्ण कुमारी निरौला, डा। धर्मेन्द्र यादव तथा अस्पतालका प्रशासन प्रमुख शिव यादव लगायतको उपस्थिति रहेको थियो।

नगर प्रमुख लावतीले यस्तो सहयोगले नगर अस्पतालको सेवा विस्तारमा टेवा पुग्ने बताउँदै अन्यलाई पनि सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख निरौलाले स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग अत्यन्तै उदाहरणीय रहेको उल्लेख गर्नुभयो।
सहयोग हस्तान्तरणपछि डा। इन्दिरा सुन्दासले आमाको सम्झनामा समाजलाई केही योगदान दिन पाउँदा खुसी लागेको बताउनुभयो। “विपन्न बिरामीलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ,” उहाँले भन्नुभयो।

अस्पतालका प्रसासन प्रमुख यादवले प्राप्त रकमलाई लक्षित वर्गको उपचार तथा अक्षयकोषमार्फत दीर्घकालीन रूपमा उपयोग गरिने बताउनुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ