लेटाङमा ५९ प्रतिशत मतदान, १७ हजार ५४१ मत खस्यो

प्रशान्त निराैला बिहिबार, फाल्गुण २१, २०८२

लेटाङ, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं. १ मा पर्ने लेटाङ नगरपालिकाका सबै १४ मतदान स्थलमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
अन्तिम तथ्याङ्क अनुसार लेटाङमा कुल १७ हजार ५४१ मत खसेको छ। जसमा पुरुष ७ हजार ९५६ र महिला ९ हजार ५८५ मतदाता रहेका छन्।
लेटाङ नगरपालिकामा कुल २९ हजार ५२३ मतदाता रहेकामा यसपटक करिब ५९.३४ प्रतिशत मतदान भएको देखिएको छ।
मतदान केन्द्र अनुसार लेटाङ–३ स्थित श्री आधारभूत विद्यालय बिरानटोल (बिरान स्कूल) मा सबैभन्दा बढी २ हजार ५४० मत खसेको छ भने लेटाङ–९ श्री मावि जाँते मा २ हजार ०९१, लेटाङ–८ जाँते मावि मा १ हजार ६८७ र लेटाङ–६ महाभारत मावि मा १ हजार ६३९ मत खसेको विवरण सार्वजनिक भएको छ।
सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कुनै अप्रिय घटना बिना शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन सम्बन्धित स्रोतले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ