बाजि वंशावलीको साधारण सभा सम्पन्न

प्रशान्त निराैला आइतबार, पुष २७, २०८२

लेटाङ, २७ पुस । किरात याक्थुङ लिम्बू वाजी वंशावली लेटाङ नगर समितिको प्रथम वार्षिक साधारण सभा आइतबार लेटाङ–६ पार्टीखेतमा सम्पन्न भएको छ। कुल बहादुर वाजी लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष रामेश्वर वाजी लिम्बू प्रमुख अतिथि रहनुभयो भने विशेष अतिथिहरूको उपस्थिति रहेको थियो।

सभामा संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। वाजी वंशावली सेवा समाजद्वारा सञ्चालित बचत कोषमा १९४ जना शेयर सदस्य आबद्ध रहेको र कोषको आय–व्यय सार्वजनिक गरिएको जानकारी दिइयो। साथै देउसी–भैलोबाट संकलित रकमको विवरण सार्वजनिक गर्दै सहयोगी कलाकारहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिनुका साथै संस्थाले हालसम्म विपन्न, बिरामी तथा शिक्षाबाट वञ्चित व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आएको उल्लेख गरियो।

साधारण सभाको बन्द सत्रले पुनः कुल बहादुर वाजी लिम्बूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित अध्यक्षले वाजी वंशलाई आर्थिक र व्यावसायिक रूपमा सबल बनाउँदै दीर्घकालीन विकासको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ