अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय”

प्रशान्त निराैला बुधबार, पुष १६, २०८२

अलपत्र योजना पुनर्जीवित हुने संकेत, जनदबाबपछि खोर्साने समेवा वैकल्पिक सडक निर्माण पुनः सक्रिय”

तिलक राई
मोरङ, १६ पुष । खोर्साने,केराबारी,भोगटेनी,रामपुर,आरुबोटे,सिंहदेवी हुँदै सम्मेवा जोड्ने महत्वपूर्ण मोटरबाटो निर्माण योजना पुनः अघि बढ्ने संकेत देखिएको छ। ठेकदारको लापरवाही र कार्यप्रगति सुस्त भएपछि लामो समयदेखि स्थगित यो योजना जनप्रतिनिधि तथा स्थानीयवासीको निरन्तर पहलपछि पुनः सक्रिय हुने वातावरण बनेको हो।

आंशिक रूपमा काम सम्पन्न भए पनि निकासा भुक्तानी नहुँदा रोकिएको योजनाबारे निर्णय गर्न २०७८ पौष १४ गते लेटाङ नगरपालिका–१, आरुबोटेमा आयोजित सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए।

यस सडकलाई मदन राजमार्ग र राके रवि राजमार्गलाई जोड्ने रणनीतिक वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण ठहर गरिएको छ। सुनुवाइका क्रममा सडक निर्माणले खानेपानीका संरचना, घर नम्बरी जमिन, व्यक्तिगत सम्पत्ति तथा स्थानीय वातावरणमा पार्न सक्ने प्रभावबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष विष्णुकुमार मगरले योजनालाई पारदर्शी र प्रतिवद्ध ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै भने “काममा ढिलाइ, लापरवाही वा कमसल निर्माण पाए कडा कारबाही हुनेछ।”

स्थानीयवासीहरूले सडक निर्माणबाट यातायात सुविधा, व्यापार–व्यवसाय, ग्रामीण सेवा पहुँच र आपतकालीन उद्धार प्रणाली सबल हुने अपेक्षा व्यक्त गर्दै योजनालाई शीघ्र कार्यान्वयन गर्न आग्रह गरेका छन्।

सार्वजनिक सुनुवाइपछि योजनाबारे सकारात्मक संकेतसहित पुनः कार्यान्वयनतर्फ जाने वातावरण बनेको र लामो समयदेखि रोकिएको सडक योजना अब व्यवहारिक रूपमा अघि बढ्ने आशा गरिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ