शीतलहरका कारण जाँते मा.विमा दुई दिन जाडो विदा

प्रशान्त निराैला बुधबार, पुष १६, २०८२

लेटाङ, १६ पुस । पछिल्लो समय लेटाङ सहित तराइ क्षेत्रमा वाक्लो हुस्सु र शीतलहरसँगै चिसो तीव्र भएपछि मोरङको लेटाङ–८ स्थित जाँते माध्यमिक विद्यालयले तीन दिनका लागि कक्षा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

विद्यालय प्रशासनले जारी गरेको सूचनाअनुसार पुस १६, १७ गतेसम्म हिउँदे/वर्खे/स्थानीय विदाबाट कट्टा हुनेगरी विदा दिइएको छ।
विद्यालयले जारी सार्वजनिक सूचनामा विगत केही दिनयता बढिरहेको चिसो र शीतलहरले विद्यार्थीको स्वास्थ्यमा परेको प्रभावलाई मध्यनजर गर्दै असहज वातावरणमा कक्षा सञ्चालन गर्नु उपयुक्त नदेखिएको उल्लेख गरिएको छ।

यता लेटाङ नगरपालिकाले भने जाडो विदासम्बन्धी अहिलेसम्म कुनै औपचारिक सूचना जारी नगरिएको बताएको छ

तर चिसोको असर बढ्दै गएपछि अभिभावक तथा शिक्षकहरूबाट जाडो विदा वा पठनपाठनको समय परिवर्तन गर्नुपर्ने सुझाव आउने क्रम बढिरहेको छ।

साना बालबालिकालाई बिहानै विद्यालय आउजाउ गर्न कठिनाइ भएको र रुघाखोकी तथा चिसोसम्बन्धी स्वास्थ्य समस्या देखिन थालेको भन्दै अभिभावकहरूले विद्यालयको निर्णयलाई व्यावहारिक रहेको प्रतिक्रिया दिएका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ