लेटाङमा समेत जाडो विदा माग, छिमेकी नगरहरूले दिए बिदा

प्रशान्त निराैला मंगलबार, पुष १५, २०८२

लेटाङ, १५ पुस । कोशी प्रदेसमा चिसो र शीतलहर तीव्र बन्दै गएसँगै विद्यालय तहमा पठनपाठन प्रभावित हुन थालेको छ।

सुन्दरहरैँचा नगरपालिका लगायत केही स्थानीय तहहरूले जाडोका कारण असहज परिस्थिति सिर्जना भएको भन्दै विद्यालयमा विदा घोषणा गरिरहेका बेला लेटाङ नगरपालिकामा पनि जाडो विदा दिनुपर्ने माग तीव्र हुँदै गएको छ।

सुन्दरहरैँचा नगरपालिकाले अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढेको उल्लेख गर्दै पुस १६ र १७ गते दुई दिनका लागि नगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय बिदा गरिएको जानकारी गराएको छ।

नगरपालिकाले जारी सूचनामा चिसो हुँदैगएपछि विद्यार्थीलाई कक्षामा बस्न कठिनाइ भएको र बिहान सबेरै विद्यालय आवतजावतमा झनै समस्या बढेको उल्लेख गरिएको छ।
यता, लेटाङ नगर क्षेत्रमा समेत पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दै गएपछि विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले जाडो विदा आवश्यक भएको तर्क गर्दै स्थानीय तहले चाँडै निर्णय लिनुपर्ने माग गरेका छन्।

अभिभावकहरूले साना बालबालिका बिहान सुस्म्‍ह चिसोमा विद्यालय जानुपरेको, खोकी, रुघाखोकी र ज्वरोका समस्या बढिरहेको भन्दै जाडो कटुन्जेल अस्थायी विदा वा पठनपाठनको समय परिवर्तन गर्नु उचित हुने बताएका छन्।

स्वास्थ्यकर्मीहरूले पनि लामो समय चिसोमा बस्दा साना बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन्। विद्यालयमा पर्याप्त ताप व्यवस्थापन नभएको अवस्थामा कक्षा सञ्चालन गर्दा स्वास्थ्य जोखिम थपिने चेतावनी समेत दिइएको छ।

यसैबीच, लेटाङ नगरपालिकाले भने जाडो विदा सम्बन्धी कुनै आधिकारिक निर्णय नभएको जनाएको छ। तर सरोकारवालाहरूको सुझाव संकलन भइरहेको र परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यक कदम उठाइने नगर स्रोतले बताएको छ।

स्थानीय बासिन्दाहरूले अन्य नगरपालिका र गाउँपालिकाले जस्तै लेटाङमा पनि विद्यार्थीको स्वास्थ्यलाई प्राथमिकता दिँदै समयमै निर्णय गर्न नगरपालिकालाई आग्रह गरेका छन्।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ