प्राकृतिक संरक्षणमा नेपाल प्रहरीको अभियान तिब्र, मोरङ्गी खोलाबाट ढुंङ्गा उत्खननमा नियन्त्रण

प्रशान्त निराैला मंगलबार, पौष १५, २०८२

लेटाङ १५ पुष । माेरङ जिल्ला, लेटाङ नगरपालिका–५ स्थित मोरङ्गी खोलाबाट ढुङ्गाको गैरकानुनी उत्खनन गर्ने कार्य विरुद्ध नेपाल प्रहरीले सक्रिय अभियान चलाएको छ।
ढुङ्गा टिपरमा लोड गर्ने क्रममा संलग्न चालकहरू सहित एक JCB र एक टिपर नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख सागर साहले बताएअनुसार, “गैरकानुनी तवरबाट गरिने ढुङ्गा उत्खनन र ढुवानीका गतिविधिहरूलाई प्रहरीले कानुनी दायरामा ल्याउने उद्देश्यले यस्तो कारबाही गरेको हो। प्राकृतिक स्रोतको संरक्षण हाम्रो प्राथमिकता हो।”
नियन्त्रणमा लिइएका सवारी साधन र चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि लेटाङ नगरपालिकामा बुझाइएको छ। यस किसिमका सक्रिय पहलले स्थानीय वातावरण र प्राकृतिक स्रोत संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ