लेटाङ एडभान्स हस्पिटलको निःशुल्क स्वास्थ्य शिविरमा २९२ ले स्वास्थ्य परिक्षण गरे, १० जेष्ठ नागरिक सम्मानित

प्रशान्त निराैला बुधबार, पुष ०९, २०८२

लेटाङ, ९  पुस। लेटाङ एडभान्स हस्पिटलको आयोजनामा आज सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल २९२ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमार्फत विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गरिएको हस्पिटलले जनाएको छ।

हस्पिटलका अनुसार शिविरमा एक्स–रे सेवा ५३ जना, ल्याब सेवा १०३ जना, आँखा जाँच ९७ जना, हाडजोर्नी विभागबाट ६३ जना, बालरोग विभागबाट २२ जना तथा सुगर र प्रेसर विभागबाट ११० जना सेवाग्राहीले सेवा लिएका छन्।

शिविरकै अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो। हस्पिटलका सञ्चालक ईश्वर शाक्यले जानकारी दिँदै सम्मानित जेष्ठ नागरिकहरूलाई एक वर्षसम्म बेलाबेलामा निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने बताए। उक्त कार्यक्रम समाजप्रति उत्तरदायी स्वास्थ्य सेवाको अभ्यासका रूपमा अघि बढाइएको उनको भनाइ छ।

हस्पिटलले सञ्चालन गरेको शिविरले जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणलाई आफ्नो स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सहयोग पुगेको जनाइएको छ। स्थानीय बासिन्दाहरूले निःशुल्क, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएको भन्दै हस्पिटलको पहलको प्रशंसा गरेका छन्।

विगत केही वर्षदेखि निरन्तर रूपमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आएको लेटाङ एडभान्स हस्पिटलले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ