प्याव्सन लेटाङको नगर परिषद् सम्पन्न, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

प्रशान्त निराैला शुक्रबार, पुष ०४, २०८२

लेटाङ, ४ पुस । प्याव्सन लेटाङको दोस्रो नगर परिषद् भेला शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष भोलनाथ पाण्डेको अध्यक्षतामा तथा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

भेलामा एसइइ र आधारभूत तहमा उत्कृष्ट जीपीए ल्याउने ४ जना विद्यार्थी र प्याव्सनमा आबद्ध १४ विद्यालयका १४ जना उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको छ। एसइइतर्फ छात्रा सेलिना आचार्य र छात्र प्रथम श्रेष्ठलाई जनही ५ हजार तथा आधारभूत तहतर्फ आयुस खत्री र अर्ली मगरलाई जनही ३ हजार नगदसहित सम्मान गरिएको हो।

कार्यक्रममा नगर प्रमुख लावतीले निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्याव्सनसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै कार्यक्रममा स्वर्गीय शिक्षक रत्नबहादुर रायमाझीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ