

लेटाङ, १७ मंसिर । “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्धन” भन्ने नारासहित लेटाङ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
नगरपालिकाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रम लेटाङ समावेशी संस्थाका अध्यक्ष तेज बहादुर लिम्बुको अध्यक्षतामा तथा नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज राईसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
