गाजामा बन्धक भए ४८ जनालाई आज रिहा गरिँदै

Letang Khabar सोमबार, आश्विन २७, २०८२

एजेन्सी २७ अशाेज। हमास समुहले दुई वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेका ४८ जना बन्धकहरुलाई आजबाट रिहा गर्न लागेको छ ।

सन् २०२३, अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपश्चात बन्धक बनाईएकामध्ये बाँकी रहेका ४८ जनालाई हमासले रिहा गर्न लागेको हो ।

कम्तिमा २० जना बन्धक जिवित रहेको तथा २६ जनाको मृत्यु भईसकेको बताईएको छ । नेपालका विपिन जोशीसहित अर्को एक जना इजरायली बन्धकको अवस्था अज्ञात छ ।

हमासले बन्धक रिहा गरेपछि इजरायलले पनि लगभग दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा गर्नेछ । बन्धक रिहाई कार्यक्रममा भाग लिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि इजरायल पुग्दै हुनुहुन्छ ।

अमेरिकाबाट विमान चढ्नुअघि ट्रम्पले गाजामा युद्ध अन्त्य भएको र अब पूर्ननिर्माण सुरु हुने बताउनुभयो । मध्यपूर्वको भ्रमणकोक्रममा ट्रम्पको उपस्थितीमा इजिप्टमा गाजा शान्ति सम्मेलन पनि हुनेछ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ