नवरात्रको पहिलो दिन, घटस्थापनासँगै देवी पूजा आरम्भ

लेटाङ खबर समाचारदाता सोमबार, आश्विन ०६, २०८२

काठमाडौं,६ अशोज । नेपालीहरुको महान चाड बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व विजया दशमी र पूर्णिमासम्म धुमधामका साथ मनाइन्छ ।
आजको दिन घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेशको स्थापना गरी पूजाआराधना गरिएको छ । शुद्ध गरिएको पूजा कोठामा पवित्र नदी वा चोखो स्थलको माटो ल्याई जमिनमा जौ छरेर जमरा राख्ने प्रचलन छ । देवी दुर्गाको प्रिय मानिने जमरा विजया दशमीका दिन टीका प्रसादसँगै ग्रहण गर्ने गरिन्छ ।
नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार, जौबाहेक अन्य अन्नको जमरा राख्ने शास्त्रीय आधार छैन । त्यसैले दशैं घरमा जमरा राख्दा जौ प्रयोग गर्नै पर्ने उनले बताएका छन् ।
नवरात्रको नौ दिनभर देवी दुर्गाका शैलपुत्रीदेखि सिद्धिदात्रीसम्मका रूपहरुको विशेष पूजा हुने गर्दछ । सप्तमीको दिन फूलपाती भित्राइने, अष्टमी र नवमीमा बलिपूजा गर्ने परम्परा छ भने दशमीका दिन जमरा र टीका ग्रहण गर्दै आशिर्वाद लिने गरिन्छ ।
दशैंका अवसरमा देशभरका शक्तिपीठ र मन्दिरहरुमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिरमा भक्तजनहरुको घुइँचो देखिने अनुमान गरिएको छ ।
धर्मशास्त्रका जानकारहरुका अनुसार दशैंलाई असत्यमाथि सत्यको विजय र आसुरी शक्तिमाथि दैवी शक्तिको प्रतीकका रुपमा मनाइन्छ । यस वर्षको टीका असोज १६ गते परेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ