मृगौला रोगको अन्तिम चरणमा पुगेका खगेन्द्रप्रसाद पाण्डे उपचारमा आर्थिक अभावले संकटमा

प्रशान्त निरौला शुक्रबार, जेठ १६, २०८२

लेटाङ, १६ जेठ । मोरङको लेटाङ नगरपालिका वडा नं. ८ निवासी ३९ वर्षीय खगेन्द्रप्रसाद पाण्डे अहिले जीवन-मरणको दोसाँधमा छन्। बिर अस्पताल, काठमाडौंस्थित नेफ्रोलोजी विभागले जारी गरेको चिकित्सकीय प्रमाणपत्र अनुसार उनी हाल Chronic Kidney Disease Stage-5 मा रहेका छन्, जसको अर्थ हो मृगौलाको कार्यक्षमता पूर्णरूपमा समाप्त भइसकेको अवस्था। अहिलेको अवस्थामा उनीलाई नियमित डायलासिस सहित तुरुन्त मृगौला प्रत्यारोपणको आवश्यकता छ।

तर दुर्भाग्यवश, पाण्डे परिवार अहिले आर्थिक अभावको गहिरो संकटमा परेका छन्। मृगौला उपचार अत्यन्तै खर्चिलो प्रक्रिया भएको हुँदा उपचारमा निरन्तरता दिन सक्ने स्थिति छैन। आर्थिक अभावकै कारण उपचार अवरुद्ध हुने खतरा बढिरहेको छ।

 

खगेन्द्रप्रसाद पाण्डे परिवारका आश्रित एक अभिभावक पनि हुन्। परिवारको आर्थिक अवस्था सामान्यभन्दा पनि कमजोर भएको हुँदा आफन्त तथा शुभेच्छुकहरूमार्फत उपचार खर्च जुटाउने प्रयास भइरहेको छ।

यसै सन्दर्भमा, खगेन्द्रप्रसाद पाण्डेको जीवन रक्षार्थ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको हार्दिक अपिल गरिन्छ। सानो सहयोगले पनि ठूलो अर्थ राख्न सक्छ। तपाईंको साथ र सहयोगले खगेन्द्रलाई पुनः जीवन दिने सम्भावना बलियो बन्न सक्छ।

सहयोगका लागि बैंकको बिबरण:-
प्राईन कमर्सियल बैक लेटाङ शाखा
खाता नं. ०४३०१०००००००५६०००१८३
खगेन्द्र प्रसाद पान्डे
सम्पर्क मोबाइल नं. ९८६३७५१५१८, ९८१६९९६८१०

 

 

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ