लेटाङमा चार दिने स्थानीय आर्थिक विकास योजना तर्जुमा प्रशिक्षण सुरु

ईनेपालपत्र बिहिबार, माघ १७, २०८१

लेटाङ, १६ माघ । स्थानीय आर्थिक विकास योजनालाई प्रभावकारी बनाउन लेटाङ नगरपालिकामा चार दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ। लेटाङ नगरपालिका र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरको संयुक्त आयोजनामा सोमबारदेखि उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले नगरको दिगो आर्थिक विकासका लागि व्यवस्थित योजना निर्माण आवश्यक रहेको बताउँदै भने, ूस्थानीय स्रोतको अधिकतम उपयोग गरी नगरलाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो। यस प्रकारका प्रशिक्षणहरूले योजनाबद्ध विकासमा मार्गदर्शन गर्छन्।ू

नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले नगर विकासको समग्र पक्षलाई ध्यानमा राखेर योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै भनिन्, ूहाम्रो नगरको आर्थिक उन्नति स्थानीय तहबाटै सम्भव छ। योजनाबद्ध र व्यावसायिक दृष्टिकोणबाट कार्यान्वयन गरिने योजना सफल हुन्छ।ू
प्रशिक्षण कार्यक्रमको सहजीकरण गरिरहेका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जयकृष्ण श्रेष्ठले स्थानीय तहमा प्रभावकारी योजना निर्माण र कार्यान्वयनका लागि नीति, रणनीति तथा आवश्यक उपायहरूबारे प्रशिक्षण दिइने जानकारी गराए। अर्का निर्देशक कृष्णचन्द्र ढकालले भने, ूयस प्रशिक्षणबाट स्थानीय निकायका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई योजना निर्माणको व्यावहारिक ज्ञान दिने प्रयास गरिएको छ।ू

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सुवेदी, वडा अध्यक्षहरू, नगरका कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

चार दिनसम्म सञ्चालन हुने प्रशिक्षणले नगरको आर्थिक विकास योजनालाई वैज्ञानिक र व्यावहारिक ढंगले तर्जुमा गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ