झापाका पत्रकारसँग बीमाः प्राधिकरणको अन्तरक्रिया

संवाददाता शनिबार, कार्तिक १०, २०८१

नेपाल बीमा प्राधिकरण प्रदेश कार्यालयको आयोजनामा पत्रकारसँग बीमा सम्बन्धी समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

झापाको बिर्तामोडस्थित बुधवार होटल साई प्यालेस (भद्रपुर रोड) मा पत्रकारहरुसंग अन्तरक्रिया भएको हो । नेपाल पत्रकार महासंघ झापाको समन्वयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कोरोनाकालमा पीडित भएका झापाली पत्रकारहरूलाई अझैसम्म बीमा रकम भुक्तानी नभएको भन्दै सोको लागि पहल गरिदिन नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगर समक्ष अनुरोध गरेका छन् ।

उनले बीमाको पहुँच आम नागरिकसम्म बढाउन झापाली सञ्चार क्षेत्र र सञ्चारमाध्यमहरू प्रतिबद्ध रहेको उल्लेख गरे । सोही अवसरमा झापाली पत्रकारहरूले बीमा कम्पनी र अभिकर्ताबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको र आम नागरिकहरूमा अविश्वास बढ्दै गएको भन्दै जिज्ञासा राखेका थिए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोदकुमार पोखरेलले सञ्चार जगतले आमनागरिकहरूमा बीमाप्रतिको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आम नागरिकहरूसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक जोखिम बहन गर्ने विभिन्न खालका बीमा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताए ।

बीमा कम्पनीहरूले बजारमा ल्याएका विभिन्न कार्यक्रमहरूको नियमन, सुपरीवेक्षण, अर्धन्यायिक तथा सूचनाजन्य विकासात्मक कार्यहरू गरिरहेको बताए । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश बिराटनगरका प्रमुख विनाशकुमार पोखरेलको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा झापामा क्रियाशील विभिन्न जीवन तथा निर्जीवन कम्पनीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको उक्त कार्यक्रममा झापाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले आ–आफ्ना जिज्ञासा तथा धारणा राखेका थिए । कार्यक्रममा पत्रकार इन्द्रसिंह राजवंशी, नरेन्द्रकुमार ढकाल, गोपाल काफ्ले, पुष्प बराल लगायतले जिज्ञासा राखेका थिए । उक्त अवसरमा आर्थिक वर्ष २०८०÷०८१मा नेपालमा ४३.२७ प्रतिशत मानिसहरुले मात्र बीमा सुविधा प्राप्त गरेको जानकारी दिइएको थियो ।

हाल मुलुकमा १४ वटा जीवन बीमा कम्पनी क्रियाशील छन् भने १४ वटै निर्जीवन बीमा कम्पनीहरु, २ लघुबीमा र २ पुनर्बीमा कम्पनी गरी कूल ३३ वटा बीमा कम्पनीहरु सकृय रहेको जनाइएको छ । नेपाल सरकारले विपन्न तथा लक्षित वर्ग र समुदायका आम नागरिकसम्म बीमाको पहुँच पु¥याउँदै बीमाले आर्थिक जोखिम बहन गर्ने महत्वको बारेमा चेतना फैलाउन राज्यको चौथो अंग भनिएको सञ्चार जगतले अहम् भूमिका निर्वाह गरेको र आगामी दिनहरुमा पनि यस्तै निरन्तर सहयोगको अपेक्षा गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्राधिकरणकी कोशी सहायक निर्देशक पुष्पा खनालले गरेकी थिइन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ