प्रेस स्वतन्त्रता दिवसमा प्रभात फेरीको आयोजना

Letang Khabar बिहिबार, बैशाख २०, २०७५

पथरीशनिश्चरे , २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पूर्वोत्तर मोरङका पत्रकारहरूले बिहीबार बिहान पथरी बजारमा प्रभात फेरीको आयोजना गरेका छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार मञ्च, सञ्चार क्लव नेपाल र मिडिया समाज बेलबारीको संयुक्त आयोजनामा भएको प्रभात फेरी स्थानीय जन आन्दोलन चौकबाट सुरु भई रत्न चौक–बुद्ध चौक–मन्दिर लाइन हुँदै पुन जनआन्दोलन चौकमा आएर समापन भएको थियो । समापनका क्रममा आयोजित कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका मोरङ सह सचिव सन्तोष राईले प्रेस स्वतन्त्रता संविधानको प्रस्तावनामा लेखिए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । पथरीशनिश्चरे नगर पालिकाका प्रेस संयोजक भुपेन्द्रराज तिम्सिनाले प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा बुधबार विराटनगरमा पत्रकार माथि प्रहरीका निलम्वित अधिकृतले गरेको दुब्र्यबहारको भत्र्सना भयो ।

मिडिया समाज बेलबारीका अध्यक्ष अम्विका भण्डारीले प्रेस स्वतन्त्रताको रक्षाका लागि राज्य गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले अदालत परिसरमा नै पहरीले पत्रकार माथि आक्रमण गर्नु विधिको शासन विरुद्ध रहेको उल्लेख गर्नु भयो । क्षितिज मिडिया प्रालिका सचिव तुलसी ढकालले प्रेसलाई मर्यादित र जिम्मेवार बनाउन सञ्चार माध्यम आफै सक्रिय हुनु पर्नेमा जोड दिनु भयो ।

शक्तिको निगरानी,मिडिया न्याय र विधिको शासन भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रभात फेरिमा पूर्वोत्तर मोरङका ४० बढी पत्रकारको सहभागिता रहेको थियो । प्रभात फेरीको आयोजना गर्नु पूर्व पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर पत्रकार माथि भएको प्रहरी ज्यादतीको सांकेतिक बिरोध गरेका थिए । प्रेस स्वतन्त्रता दिवस हरेक वर्षको मे ३ तारिखको दिन मनाउने गरिन्छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ