डेङु संक्रमण बाट लेटाङमा एकजनाको निधन

ईनेपालपत्र आइतबार, साउन २०, २०८१

लेटाङ,२० साउन । लेटाङ, ३ दर्जिलिङ लाइनकी तारा देवी श्रेष्ठको डेङ्गुको कारण निधन भएको छ। २५,००० प्लेटलेट्स भएपछि उनलाई नोबेल हस्पिटलमा उपचारको लागि लगिएको थियो। उपचारको क्रममा गएराति उनको निधन भएको हो।

तारा देवीको डेङ्गु संक्रमणको कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पताल पुर्याइएको थियो। नोबेल हस्पिटलमा चिकित्सकहरूले अथक प्रयास गरे तापनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र गएराति उनको निधन भएको हो।
यस घटनाले स्थानीय क्षेत्रको स्वास्थ्य र सरसफाइ व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

स्थानीय प्रशासनले डेङ्गु रोकथामका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। तारा देवीको निधनले परिवारजन र सम्पूर्ण समुदायमा शोक छाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ