जीवन विकास लघुबित्तको बित्तिय साक्षरता तथा गोष्ठी

लेटाङ खबर मंगलबार, चैत्र १४, २०७९

लेटाङ, १३ चैत । जीवन विकास लघुवित्त बित्तिय संस्था लेटाङ शाखाले केन्द्रन्द्र प्रमुख गोष्ठी तथा बित्तिय साक्षरता कार्यक्रम गरेको छ ।
लेटाङ शाखा अन्तरगत रहेका केन्द्रका प्रमुख तथा सदस्यहरुलाई समेटेर सोमबार गोष्ठीको आयोजना गरिएको हो ।

बैकको पहुँचमा पुग्न कठिन रहेका मानिसलाई घर गाउँमै पुगेर सर्बशुलभ ब्याजदरमा ऋण दिईरहेको संस्थाले आर्थिक रुपमा सवल बनाउनका लागि जीवन विकास लघुवित्त बित्तिय संस्थाले बित्तिय संस्थाले बेलाबेलामा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । शैक्षिक र आर्थिक रुपमा समाजलाइ अगाडि बढाउने उदेश्यले स्थापना भएको जिवन विकासले हरेक बर्ष अति विपन्न ब्याक्तिहरुलाइ आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

जीवन विकासले आर्थिक रुपमा सवल बनाउनका लागि महत्वपुर्ण योगदान दिएको स्थानिय महिलाहरुले बताए । जीवन विकासले आर्थिक संगौ दलित सामुदायका विद्यार्थीहरुका लागि शैक्षिक क्षेत्रमा समेत योगदान पुर्याएको संस्थाका जिल्ला संयोजक सन्तोस कार्किले बताउनुभयो ।

संस्थाका संस्थागत तथा सामाजिक बिभाग प्रमुख बिजय मण्डल, संस्थाका लघुबीत्त बिभागिय प्रमुख मनोज कुमार साह , लेटाङ नगरपालिका वडा नं. ४ का अध्यक्ष राम कुमार श्रेष्ठ लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा ३ जना बिपन्न परिवारका बिध्यार्थिलाई पुर्ण छात्रवृत्ति सहित १ बर्स सम्म अध्ययन गर्न सहयोग गरिने घोषण गरिएको थियो ।
उत्कृष्ट सदस्यलाई सम्मान कार्यक्रम अन्तरगत लघुबित्तको सहयोगमा गरिएको सहयोगले उत्कृष्ट काम गरेका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ