गठबन्धनलाई जिताउन फागाेको अपिल

Letang Khabar बिहिबार, कार्तिक ०३, २०७९

कात्तिक ३,उर्लाबारी ।माेरङकाे उर्लाबारी ४ मा नेपाली कांग्रेस लगायतकाे सत्ता गठबन्धनले संघीय निर्वाचन क्षेत्र नम्बर १ स्तरीय प्रचारप्रसार समितिकाे कार्यालय उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेस प्रदेश नम्बर १ का सह महामन्त्री खड्गबहादुर फागाेले कार्यलयकाे उद्घाटन गर्दै सत्ता र शक्तिका लागि गठबन्धन नभएको बताएका छन् ।उनले नेपालकाे संविधान २०७२ काे रक्षा र संरक्षणका लागि गठबन्धन भएको बताए । उनले भने जब जब संविधान र राष्ट्रिय अस्तित्व संकटमा पर्छ,त्यतिबेला लाेकतान्त्रिक गठबन्धन भएको बताए । दुई दुई पटक संसद विगठन गरेर नेकपा एमालेले संविधान च्यात्ने काम गरेकोले मुलुकमा संविधानकाे संरक्षणका लागि गठबन्धन आवश्यक भएको बताए । प्रमुख अतिथि समेत रहेका फागाेले राजनीतिक दल प्रति जनताको वितृष्णा भएको बताउँदै उनले जे गर्न सकिन्छ ,त्याे मात्र बाेल्न आग्रह गरे ।उनले थपे ,स्वीजरलैण्ड बनाउने भाषण सुनेको धेरै वर्ष भयाे,अब हुनसक्ने मात्रै बाेलाैं ।फागाेसँग नैतिकता भएकोले गठबन्धन भन्दा बाहिर गएर मतदान नगर्ने उद्घाेष गरे । कार्यक्रममा माेरङ १ मा गठबन्धनबाट संघीय संसदका उमेदवार डिगबहादुर लिम्बू,माेरङ १(१) का उमेदवार कुलप्रसाद साम्वा,नेकपा माओवादी केन्द्रका प्रदेश १ का समानुपातिक उमेदवार विशवेन्द्र चेम्जोङ,ममता राजवंशी , राम कार्की नेकपा एसका उमेदवार विद्या चाम्लिङ ,नेपाली कांग्रेसका उमेदवार शाेभा चेम्जोङकाे उपस्थिति रहेको थियोे ।निर्वाचन परिचालन समितिका संयाेजक एवम् माेरङ १ का क्षेत्रीय सभापति शङ्कर राईकाे सभापतित्वमा भएको कार्यक्रममा प्रत्यक्ष तर्फका उमेदवारहरूले आफ्नो बिचार राखेका थिए ।कार्यक्रममा नेकपा एसका गाेपाल भट्टराईले स्वागत मन्तब्य राखेका थिए। उर्लाबारी र मिक्लाजुङका गठबन्धनका दुई सय बढीकाे उपस्थिति थियोे ।कार्यक्रम निर्वाचन परिचालन समितिका सह संयाेजक प्रेम मिभकले सञ्चालन गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ