१२ बर्ष कैद सजाय भएका फरार प्रतिवादी १० वर्ष पछी पक्राउ

Letang Khabar आइतबार, बैशाख १९, २०७८

संखुवासभा, १९ बैशाख ।  जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा अदालतबाट दोषी ठहर भएका गणेश बहादुर अधिकारी भन्ने लेक बहादुर अधिकारी लाई घटनाको १० वर्षपछी प्रहरीले पक्राउ गरेको हो । जिल्ला संखुवासभा साविक खराङ गाबिस वडा नं २ हाल चैनपुर नगरपालिका १० स्थायी घर भएका वर्ष ४३ का अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुर बाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरी बैशाख १७ गते चैनपुर ल्याएको ईलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रहरी निरीक्षक खतिवडाका अनुसार जिल्ला अदालत संखुवासभाले १३ बर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । १० बर्ष देखी फरार रहँदै आएका गणेश बहादुर अधिकारीलाई प्रहरीले लामो समय देखी खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार १७ गते पक्राउ परि आएका प्रतिवादी गणेश बहादुर अधीकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरले बैशाख १९ गते सम्मानित संखुवासभा जिल्ला अदालतमा पेश गरेपश्चात सम्मानित जिल्ला अदालतले निजलाई कारागार चलान गरेको छ ।

यस अघि २०७८ बैशाख ६ गते ईलाका प्रहरी कार्यालयले लागू औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको थियो । साविक सिद्दपोखरी गा।बि।स कात्तिके हाल चैनपुर नगरपालिका वडा नं ४ स्थायी वतन भएका बर्ष ५३ का तिल बहादुर तामाङ लाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको थियो । प्रहरी निरीक्षक खतिवडाका अनुसार तामाङलाई जिल्ला अदालत संखुवासभाको २०७६ साल जेठ १५ गतेको फैसलाले लागुऔषध ९गाँजा० मुद्दामा ४ महिना २४ दिन कैद र जरीवाना रु ५००० सजाय तोकेको थियो । प्रहरीले बैशाख ६ गते नै तामाङलाई संखुवासभा जिल्ला अदालतमा उपस्थित गराएकोमा सोहि मितिमा तामाङलाई जिल्ला अदालतले कारागार चलान गरेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ