लेटाङमा न्यायिक संवाद

Letang Khabar शनिबार, चैत्र २८, २०७७

लेटाङ, २८ चैत । पुनरावेदन अदालत विराटनगरले न्यायिक सेवा प्रवाहमा न्यायपालिका हाम्रा बुझाई र अपेक्षाहरुको शिर्षकमा अन्तरसंवाद गरेकोे छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लेटाङ नगरपालिकाले ब्यवस्थापन गरेको हो ।
अदालत प्रति जनताको बुझाई कस्तो छ भन्ने विषयमा धारणा बुझि गलत बुझाईलाई न्युनिकरण गर्दै न्यायप्रणालीमा जनताको पहुँच बृद्धि गर्नको लागि कार्यक्रम आयोजना गरिएको हो ।
अदालत प्रति जनताको धारणालाई सकारात्मक बनाउन आवश्ययक रहेको भन्दै न्यायिक संवाद सुरु गरिएको मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले बताउनुभयो ।
मुख्य न्याधिस श्रेष्ठले जनताले खोजेको न्याय अदालतवाट पाईरहेको छ की छैन भन्ने विषय महत्वपुर्ण भएकाले यसप्रति अदालतले ध्यान दिन आवश्यक रहेकाले यस्तो कार्यक्रम प्रदेश भरीका जिल्लाहरुमा गरिरहेको बताउनुभयो । जनता अदालतको ढोका सम्म पुग्न नसकेकी मानिसहरुले झन्झट महसुस गरेकाले केही समस्या भए आफु स्वयं जनताको कुरा सुन्नका लागि ब्यवस्था मिलाएको बताउनुभयो ।
विचौलियाहरुका कारण न्यायाधिसहरु बदनाम भईरहको भन्दै मुख्य न्यायाधिस श्रेष्ठले विचौलियाहरुवाट टाढा रहेर अदालतको सहायता कक्षमा आएर कुरा बुझेर मात्र अगाडी बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले समापन मन्तव्य राख्दै जनताले अदालती प्रक्रिया नबुझेर धेरै समस्या ब्यहोरीरहकोले अहिले स्थानिय तहमा समेत मेलमिलापका साथै फैसलाका काम समेत हुने भएकाले प्रक्रिया बुझेर मात्र न्याय माग्न आग्रह गर्नुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ