आवधिक योेजना सम्बन्धी गोष्ठी सम्पन्न

Letang Khabar सोमबार, फाल्गुण १०, २०७७

लेटाङ, १० फागुन । लेटाङ नगरपालिकाले आवधिक योजना वनाउने उदेश्य सहित सुरु गरेको एक दिने गोष्ठी सम्पन्न गरेको छ ।

आज राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा अमेरिकाका लागि नेपालका पुर्व राजदुत डाक्टर शंकर शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किसोर प्रधानको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकालाई दिगो विकाका लागि आवधिक नगर विकास योजना तर्जुमा गोष्ठी गरिएको लेटाङ नगरपालिकाका नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो ।

गोष्ठिमा आवधिक नगर विकास योजना तर्जुमा प्रक्रिया, लेटाङ नगरपालिकाको विकासका संभावना र चुनौती, लेटाङ नगरपालिकाको विकास र सुशासनको सेवा प्रवाहको अवस्था र चुनौती , विकासको माग र आपुर्ती एवं कार्यक्षमता , लेटाङ नगरपालिकाको विकासमा सार्वजनिक – निजी सझेदारी अवधारणाको संभावना र चुनौतीहरु लगायतका विषयमा छलफल भएको थियो ।

पाँचवर्षमा लेटाङलाई आर्थिक ,भौतीक , शिक्षा , स्वास्थ्य ,पर्यटन लगायतका क्षेत्रमा कति विकास गर्ने भनेर बिस्तृत अध्ययन गरि योजना वनाउनका लागि समेत यो कार्यक्रम आयोजना गरिएको योजना अधिकृत भुपेन्द्र खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानिय राजनीति कर्मी , जनप्रतिनीधी , कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ